Logo

२०१८ मा घुम्नैपर्ने १२ गन्तव्यको सुचीमा नेपाल

२०१८ मा घुम्नैपर्ने १२ गन्तव्यको सुचीमा नेपाल


बिजखबर संवाददाता
0
Shares

सन् २०१८ को सुरुवाती दिनमै नेपालको पर्यटन क्षेत्रका लागि सुखद समाचार छ । बेलायतको एसोसिएसन अफ ब्रिटिस ट्राभल एजेन्ट्स(एबीटीए)ले सार्वजनिक गरेको हालैको प्रतिवेदनले सन् २०१८ मा घुम्नै पर्ने १२ ओटा गन्तव्यको सुचीमा नेपाललाई पनि समावेश गरेको छ ।

एबीटीएले यस बर्ष पर्यटकको धेरै रोजाइमा पर्ने अनुमानका आधारमा गन्तव्यको सुची तय गरेको हो । यस्ता गन्तव्य चयनमा संस्थाले फरक अनुभव उपलब्ध गराउने, यस बर्ष केहि विशेष हुन सक्ने, ब्रिटिस पर्यटकलाई पुग्न सहज हुने अथवा चर्चित र केहि लुकेको विशेषताजस्ता मूल्याङ्नका आधारमा सुची तयार गरेको जनाएको छ ।

सुचीमा परेका जर्मनी, स्विडेन, न्युजील्याण्ड बेलायती पर्यटकका लागि नियमित गन्तव्य जस्तै छन् । यसबाहेक नेपाल, रुवाण्डा र मोन्टेनेग्रो जस्ता गन्तव्यले विविध संस्कृतिको अनुभव गराउने र मोहनी लाग्दा दृश्यावलोकन गर्न सकिने संस्थाको निष्कर्ष छ ।

एबीटीएले नेपालमा पर्यटकले गहिरो अध्यात्मको अनुभव गर्ने सक्ने उल्लेख गरेको छ । सुचीमा नेपालसहित अर्जेण्टिना, एरिजोना, ब्रिटिसक कोलम्बिया, जर्मनी, माल्टा, मोन्टेनेग्रो, न्युजिल्याण्ड, रुवाण्डा, सेण्ट लुसिया, स्विडेन र टर्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL