Logo

चीनमा सङ्क्रामक रोग, नोभेम्बरमा मात्रै दुई हजारको मृत्यु

चीनमा सङ्क्रामक रोग, नोभेम्बरमा मात्रै दुई हजारको मृत्यु


बिजखबर संवाददाता
0
Shares

बेइजिङ । चीनमा सङ्क्रामक रोगका कारण करिब २हजार जनाको मृत्यु भएको छ । एक महिनामा संक्रामक रोगले २ हजार जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जानकारी दिएको हो ।

नोभेम्बरमा ५लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेका थिए ।
मृतकमा प्राय योनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ ।

मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले बताएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL