Logo

समानुपातिकमा पनि अग्रस्थानमा एमाले, पच्छ्याउँदै कांग्रेस

समानुपातिकमा पनि अग्रस्थानमा एमाले, पच्छ्याउँदै कांग्रेस


बिजखबर संवाददाता
378
Shares

काठमाडौं । प्रनिनिधिसभाको समानुपातिकतर्फ पनि नेकपा एमाले अगाडि रहेको छ । बिहान साढे ११ बजेको मत परिणाम अनुसार एमालेले १९ लाख ७५ हजार मत ल्याएर अग्र स्थानमा रहेको छ ।

हालसम्म प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले कुल १८ लाख ८८ हजार मत प्राप्त गरेको छ । कांग्रेस एमालेभन्दा झण्डै १ लाख मतले पछाडि गरेको छ ।

यसैगरी प्रत्यक्षतर्फ दोस्रो ठूलो दल बनेको माओवादी केन्द्र समानुपातिकमा तेस्रो स्थानमा रहेको छ । माओवादीले ७ लाख ६३ हजार मत प्राप्त गरेको छ ।

समानुपातिकमा चर्चामा रहेको विवेकशिल साझा पार्टी भने सातौ स्थानमा रहेको छ । विवेकशिलले हालसम्म १ लाख २२ हजार मत मात्र प्राप्त गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सवै नतिजा सार्वजनिक हुँदा एमाले ८० सिट जित्दै पहिलो स्थानमा रहेको छ । यसैगरी माओवादी केन्द्र ३६ सिट सहित माओवादी केन्द्र दास्रो र २३ सिट सहित नेपाली कांग्रे तेस्रो स्थानमा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL