Logo

बुढीगण्डकी छिटै बनाउने उर्जा मन्त्री थापाको दाबी

बुढीगण्डकी छिटै बनाउने उर्जा मन्त्री थापाको दाबी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण  छिटो सम्पन्न गर्ने बताएका छन् ।

मन्त्री थापाले मंगलबार टवीटमार्फत केही दिन भित्रमै आयोजना यथासम्भव चाँडो निर्माण सम्पन्न गर्ने गरी नीति तथा कार्यविधि र योजना सार्वजनिक गरिने बताएका  हुन् ।

सोमबार सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँगको सम्झौता रद्द गरेसँग्र बुढीगण्डकीको भविष्य अन्योल देखिएको छ ।

यसअघि कांग्रेस समेत सहभागी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्ने जिम्मा चिनियाँ सरकारी कम्पनी गेजुवा ग्रुपलाई दिने दिने निर्णय गरेको थियो । तर कांग्रेस नेतृत्वकै सरकारले सोमबार सो सम्झौता रद्द गरेको छ ।

सम्झौता रद्द गर्दा अन्तरराष्ट्रिय लगानीतकर्ताहरुमा समेत नकारात्मक प्रभाव पर्ने टिप्पणी वित्रहरुले गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL