Logo

२ महिनामा विदेशी पर्यटकले भित्र्याए ८ अर्ब

२ महिनामा विदेशी पर्यटकले भित्र्याए ८ अर्ब


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा विदेशी पर्यटकबाट ८ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । चालु आवको साउन र भदौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट ८ अर्ब ११ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यो रकम गत आवको सोही अबधिको तुलनामा करिब ६१ करोड रुपैयाँ बढी हो । नेपाल घुम्न आउने पर्यटकबाट गत आवको पहिलो २ महिनामा ७ अर्ब ५० करोड रुपैयाँ भित्रिएको थियो ।

सरकारले सन् २०१६र१७ मा नेपालमा विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ भित्रिएको थियो । जुन २०१५र१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्च भन्दा ४० प्रतिशत बढी हो । सो अवधिमा ४१ अर्व ७६ करोड रुपैयाँ भित्रिएको थियो ।

तर, राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च बार्षिक रुपमा घटेको छ ।
राष्ट्र बैंकको पछिल्ला ३ बर्षको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार गत आवको दुई महिनामा १४ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको थियो भने गत आवमा कुल ७९ खर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो ।

यसैगरी चालू आबको पहिलो २ महिनामा पनि नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको आकार बढेको छ । चालु आवको २ महिनामा नेपालीले विदेशमा गएर १३ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL