Logo

मेयर शाक्य भन्छन् ‘महानगरको कार्यालय हरी भवन हो बागदरबार होइन, हामी भत्काउछौ ’

मेयर शाक्य भन्छन् ‘महानगरको कार्यालय हरी भवन हो बागदरबार होइन, हामी भत्काउछौ ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हालको महानगरपालिकाको भवन बागदरबार नभएको बताएका छन् ।

कार्यालय बागदरबार परिसरमा रहेपनि बागदरबार नभएको उनले जानकारी दिए। ‘महानगरपालिकाको कार्यालय रहेको भवन हरी भवन हो जुन बागदरबार परिसरमा अवस्थित छ ’ उनले भने ‘बागदरबार त धेरै अघि भत्किसकेको थियो ।’

महानगरपालिकाको भवन जुद्ध समशेरका छोरा हरी शमसेरले बनाएको तथ्य समेत फेला पारेको उनले दावी गरे । ‘हामीले भेट्टाएको इट्टामा जुद्ध शमसेर १९९१, १९९२ लेखिएको छ ’ उनले भने ‘यसले हरी भवन ९० साल पछि बनेको पुष्टि हुन्छ ।’

१ सय बर्ष नपुगेको भवनलाई पुरातात्विक नमानिने शाक्यले बताए । प्राचीन स्मारक स.रक्षण ऐनलेनै १ सय बर्ष नपुगेको भवनलाई पुरातात्विक नमान्ने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले हाल महानगरपालिकाको पुरातत्व विभागसँग विवाद नरहेको पुष्टि गरे । शाक्यका अनुसार हाल पुरातत्वसँग छलफलको क्रममा छ । साथै हालको महानगरपालिका कार्यलय परिसरमा राणकालिन, मल्लकालिन र आधुनिककालिन संरचनाको फ्युजन गरेर नयाँ भवन निर्माणको प्रक्रिया थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL