Logo

मुग्लिन नारायणगढ सडक चुनावसम्म्म बन्द नहुने

मुग्लिन नारायणगढ सडक चुनावसम्म्म बन्द नहुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडक चुनावसम्म बन्द नहुने भएको छ । यस अघि दशैँ, तिहार र छठलाई लक्षित गरेर २४ सै घण्टा सडक खुल्ला गरिएको थियो । तर, सो सडकलाई चुनावसम्मका लागि सूचारु गरिने आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । ‘हामीले छठ लगत्तै रातको समयमा बन्द गर्ने भनेको थियो,’ उनले भने, ‘तर, स्थानीयको माग अनुरुप २४ सै घण्टा सुचारु गर्न लागेका हौं ।’

प्रतिनिधिसभा र प्रदेशको चुनाव अगामी मंसिर १० गते पहिलो चरण र मंसिर २१ गते दोस्रो चरणमा हुदैँछ । जसअनुसार चुनावको केही दिन पछीसम्म मुग्लिन–नारायणगढ सडक सूचारु गर्न लागिएको हो ।

सो सडकखण्डमा सवारीसाधन संचालनमा लागि बाटो खुल्ल्ला गररेपनि मर्मतको काम भने सूचारु गरिने उनले जानकारी दिए । ‘गाडी चलिरहने भएकोले ‘कटिङ’ को काम हुदैन,’ उनले भने, ‘उनले भने, ‘तर, सडक छेछाउ मर्मत कार्य जारी रहनेछ ।’ अहलिे मौसम राम्रो भएकोले त्यसको सदुपयोग गर्न कम जोखिमका काम गर्न लागिएको उनले बताए ।

खनालका अनुसार आवश्यक परेको अवस्थामा यात्रुलाई मर्का नपर्ने गरी वान वे गरेर वा आधा घण्टा बाटो बन्द गरेर सडक मर्मत गरिने छ । मुग्लिन नारायणगढ सडकखण्डमा अव २४ किलोमिटर सडक मर्मतको काम बाँकी छ । नारायणगढ मुग्लिन सडक विस्तारको काम सन् २०१५ अप्रिल १९ बाट काम थालिएको थियो । कुल ३३ किलोमिटर सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका थिए ।

सो सडकखण्ड विस्तारका लागि विश्व बैंकले २ अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL