Logo

बिल गेट्सलाई उछिन्दै अमेजनका सिइओ बने विश्वकै धनी व्यक्ति

बिल गेट्सलाई उछिन्दै अमेजनका सिइओ बने विश्वकै धनी व्यक्ति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वकै ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका सिइओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछी पार्दै विश्वको धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

शुक्रबार ७ अर्ब डलर कमाएसँगै अमेजनका सिइओ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । सो दिन अमेजनको सेयर मूल्य १ हजार ५७ डलर पुगेको थियो ।

बेजोसको कूल सम्पत्ति ९० अर्ब ६० करोड डलर पुगेको छ । बिल गेट्सको सम्पत्ती ९० अर्ब १० करोड डलर रहेको छ ।

बेजोस गत जुलाइमा एक दिन बिल गेट्सलाई पछी पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए ।

बेजोसको यस बर्षमात्र १० अर्ब २० करोड डलर सम्पत्ती थपिएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL