Logo

हिउँदमा टनकपुरबाट ४० मेवा विजुली आयात, कुलमान र राजीवकुमारले गरे हस्ताक्षर

हिउँदमा टनकपुरबाट ४० मेवा विजुली आयात, कुलमान र राजीवकुमारले गरे हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हिउँदका लागि टनकपुरबाट थप ५ मेगावाट विद्युत आयात गर्ने भएको छ । टनकपुरबाट यस पटकको हिउदमा थप ३५ मेवा विद्युत आयातको तयारी गरिएपनि तत्काल ट्राफर्मरको क्षमता बृद्धि गर्न नसकिएकाले तत्कालका लागि थप ५ मेवा विजुली मात्र आयात गर्न लागिएको हो ।

प्राधिकरणले टनकपुरबाट हिउँदको समयमा ३५ मेगा विजुली आयात गर्दै आएको छ । ५ मेवा थपिएसँगै टनकपुरबाट आगामी हिउँदमा ४० मेवा विजुली आउने निश्चित भएको छ ।

विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर टेड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा राजीवकुमार मिश्राले हस्ताक्षर गरेका हुन् ।

यस अघि प्राधिकरणले ३५ मेवा विजुली आयातका लागि सम्झौता गर्दै आएकोमा यस पटक थप ५ मेगा बढाएर सम्झौता गरेको हो । सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भारु ३ रुपैयाँ ४४ पैसामा विद्युत् खरिद गर्नेछ ।

तत्कालका लागि ४० मेवा विजुली ल्याउन सम्झौता भएपनि टनकपुरमा १ सय एमभीएको ट्रान्सफर्मर राखेर ७० मेवा विजुली ल्याउने योजनालाई पनि कार्यान्वयनमा ल्याइने प्राधिकरणले जानकारी दिएको छ । हाल टनकपुरमा ५० एमभीएको ट्रान्सफर्मर रहेको र त्यसलाई हटाएर सोही स्थानमा १ सय एमभीएको ट्रान्सफर्मर राखेर थप ३० मेगा विजुली आयात गर्न लागिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL