Logo

किन ओरालो लाग्दैछ नेप्से, हकप्रदको असर कति ?

किन ओरालो लाग्दैछ नेप्से, हकप्रदको असर कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चुनावको मिति निजिकिँदै गर्दा बजारमा नेप्से परिसुचक बढ्ने अनुमान गरिएपनि ठिक त्यसको विपििरत ओरालो लागेको छ । चुनावी माहोलले बजारमा बढी तरलता आउने र जसले गर्दा बजार बढ्ने अनुमान भएपनि लगानीकर्ताको मनोविज्ञान ठिक त्यसको विपरित देखिएको छ ।

विभिन्न कम्पनीले ल्याएको हकप्रद, बजारमा सेयर परिमाणको बढ्दो फ्लोका कारण बजार ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले पूँजी बृद्धिका लागि विभिन्न कम्पनीले हकप्रद ल्याउने क्रम उच्च रुपमा बढेको छ,’ एक लगानीकर्ताले भने, ‘अहिले लगानीकर्ताको ध्यान बजारमा लगानी गर्नुभन्दा पनि आफुसँग भएको सेयर बेचेर हकप्रद भर्नेतर्फ केन्द्रित भएको छ ।’

मंगलबार सामान्य ओरालो लागेको नेप्से परिसुचक बुधबार दोहोरो अंकल घट्न पुग्यो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १३ दशमलव ९२ अंकले घटेको हो ।

बजार ओरालो लाग्नुमा सबैभन्दा बढी बैंक वित्तीय संस्थाको प्रभाव रहेको छ । बुधबार होटल र व्यापार समुह बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ३६ अंकले ओरालो लागेको छ भने बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक झण्डै १२ अंकले ओरालो लागेको छ ।

बुधबार कोरोबार रकम भने स्थिर रहेको छ । बजारमा अघिल्लो दिनकै हाराहारीमा ४७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको १४ लाख ४७ हजार कित्ता सेयर कारोबार भएका छन् । बजारमा सबैभन्दा बढी नेपाल टेलिकमको सवा ६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL