Logo

यसपटकको तिहारमा दाजुभाईलाई दिनुस यस्तो उपहार

यसपटकको तिहारमा दाजुभाईलाई दिनुस यस्तो उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । तिहारमा दाजु भाईलाई के उपहार दिने भन्ने अलमल बारे प्राय दिदीबहिनीलाई हुन्छ । तिहारमा सकेसम्म दाजुभाईलाई मनपर्ने उपहार दिने इच्छा सबैको हुन्छ । कपडा, जुत्ता खानेकुरा त सधै दिइरहेकै हुन्छौं, तर, यसबाहेक तिहारमा नयाँ प्रकारको उपहार के दिने भन्ने विषयमा अन्यौलता हुन सक्छ ।

यस्तोमा स्मार्टफोन तपाँईको दाजुभाईलाई मनपर्ने उपहार बन्न सक्छन । उपहार भनेको महंगोभन्दा पनि सम्झना रहिरहने हुनुपर्छ भन्ने मान्यता छ । यस्तो अवस्थामा हाल बजारमा उपलब्ध सस्तो तथा सुलभ मूल्यका स्मार्टफोन दाजुभाईलाई उपहार दिन सकिन्छ ।

बजारमा १५ देखि २५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । अन्य महंगा फोनमा भएका प्रायः सुविधा यी फोनहरुमा नै समावेश गरिएकाले युवादेखि बृद्धसम्मको रोजाइ यही ‘रेन्ज’का फोन रोजाइमा पर्ने गरेको ललितपुर मोवाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेत बताउछन् । त्यसो त पछिल्लो समय बढी विक्रीहुने फोनमा पनि सोही रेञ्जका स्मार्टफोन नै पर्छन् । तसर्थ उपभोक्ताको मागलाई ध्यानमा राख्दै प्राय सबै व्राण्डले यी ‘रेन्ज’को मोबाइल बजारमा ल्याएका छन् ।

सामसुङ जेसेभेन नेक्सट

सामसुङ जेसेभेन नेक्सटको बजार मूल्य १९ हजार ९ सय रुपैयाँ छ । ५ दशमलब ५ एचडी डिस्प्ले, २ जिबी र्याम १६ जिबी रोम, १५ मेगापिक्सलको रियर र ५ मेगापिक्सलको व्याक क्यामेरा यो फोनमा भएका मूख्य विशेषता हुन् । त्यस्तै ६४ विट अक्टाकोर प्रोसेसर यो फोनमा छ ।

हुवावे वाइसेभेन प्राइम

फोरजी सिम सपोर्ट गर्ने हुवावे वाइसेभेन प्राइममा ३ जिबीको र्याम र ३२ जिबीको रोम छ । यो फोनको बजार मूल्य २४ हजार ९ सय तोकिएको छ । यसमा १२ मेगापिक्सलको रियर, ८ मेगापिक्सल फ्रन्ट, फिंगरप्रिन्ट सेन्सर, एण्ड्रोइड ७.० तथा १.१ गिगाहर्ज अक्टा कोर प्रोसेसर छ ।

जिओनी एवान लाइट

जिओनी एवान लाइटको बजार मूल्य २२ हजार ९ सय ९९ छ । ५ दशमलब ३ इन्चको एचडी डिस्प्ले, गोरिल्ला ग्लास, ३ जिबी र्याम र ३२ जिबी रोम यस फोनको मूख्य विशेषता हो । यो फोनमा २० मेगापिक्सल रियर र १३ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । त्यस्तै १.३ गिगाहर्ज अक्टा कोर प्रोसेसर, ४ हजार एमएएच ब्याट्रि, डुअल सिम र फिंगर प्रिन्ट सेन्सर यो मोबाइलको विशेषता हुन् ।

ओप्पो एसेभेनवान

ओप्पो एसेभेनवान ५ दशमलब २ इन्चको डिस्प्लेसहितको फोन हो । यसको बजार मूल्य २१ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । यसमा ३ जिबी र्याम, १६ जिबी रोम, १३ मेगापिक्सल रियर र ५ मेगापिक्सलको व्याक क्यामरालगायत सुबिधा छन् ।

त्यस्तै लाभा एथ्रीको बजार मूल्य २२ जार ९ सय ९९ रुपैयाँ पर्छ । यसका साथै एमआई फोएक्स, टेक्नो सिएक्स एयर, नोकिया फाइभ, लाभा एसि मिनी, जिओनी एक्सवानएक्स फोनको मूल्य १५ देखि २५ हजारसम्म पर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL