Logo

भूकम्प पीडितले अर्काे जिल्लामा घर बनाउन पनि पाउने

भूकम्प पीडितले अर्काे जिल्लामा घर बनाउन पनि पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भुकम्प पीडितले अव अर्को जिल्लामा पनि घर बनाउन पाउने भएका छन् । भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सिमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउने पाउने राष्ट्रिय पूनर्निमाण प्राधिकरणले जानकारी दिएको छ ।

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान तिवरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचिमा परेका भूकम्प पीडितले आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा घर बनाउन पाउने व्यवस्था गरेको हो ।

यसैगरी जोखिमयुक्त वस्तीका लाभग्राहीले पनि आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न दुई लाख र घर बनाउन ३ लाख अनुदान पाउने संशोधित कार्यविधिले व्यवस्था गरेको प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले जानकारी दिए ।

‘भूकम्पबाट क्षतिग्रस्त आवास भएकै जिल्ला वा सीमाना जोडिएको भूकम्पबाट प्रभावित जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भएमा उल्लेखित अनुदान रकम उपलव्ध गराइने व्यवस्था अनुसार एउटा जिल्लाको भूकम्प पिडितले अर्काे जिल्लामा पनि घर बनाउन पाउनेछन्’ उनले भने । उदाहरणका लागि सिन्धुपाल्चोकका लाभग्राही सुचिमा परेको घरधनीले काठमाण्डौमा घर बनाउन पाउनेछन् । तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ । त्यसरी प्रक्रिया पुरा गरेर घर बनाउने लाभग्र्राहीले निजी आवास अनुदान वापत ३ लाख रुपैया पाउनेछ ।

प्राधिकरणको सिफारिसमा सरकारले जोखिमयुक्त वस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिदका लागि २ लाख रुपैया अनुदान दिने निर्णय गरेको थियो ।

संशोधित कार्यविधीमा भनिएको छ, ‘जोखिमयुक्त बस्तीबाट अन्यत्र सार्नुपर्ने भनी किटान भएका घरधनीहरुले आफ्नो इच्छा अनुसार सोही जिल्ला वा सीमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थामा बसोबास गर्न चाहेमा उक्त ठाँउमा घर निर्माण गर्न चाँहिने जग्गा व्यवस्था गर्न अनुदान स्वरुप प्राधिकरणले तोके बमोजिमको प्रक्रिया पूरा गरी दुई लाख रुपैया सम्म एकमुष्ठ उपलब्ध गराईने व्यवस्था गरिएको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL