Logo

नुवाकोट–धार्के लोक संचारमार्गको निर्माण शुरु, बैकल्पिक राजमार्गको रुपमा संचालन

नुवाकोट–धार्के लोक संचारमार्गको निर्माण शुरु, बैकल्पिक राजमार्गको रुपमा संचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिभिजन सडक कार्यालय नुवाकोटले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण सुरु गरेको छ । झन्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किलोमिटर सडकको शुक्रबारदेखि निर्माण सुरु भएको हो । डीपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण पूरा हुने छ । सडक कार्यालय नुवाकोटका अनुसार पहिलो खण्ड जिलिङ्गको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीको बाह्रबीसेको कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खण्डको काम भने डिभिजन सडक कार्यालय भरतपुर चितवनले गर्ने छ ।

एक कार्यक्रमकाबीच डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले उक्त सडक निर्माणको उद्घाटन गरेका हुन् । लोकसञ्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको ९ किलोमिटर ९ सय मिटर सडक कालोपत्रेमा स्तरोन्नति गर्न स्वच्छन्द÷वल्र्डवाईड÷अमृत जे.भी. नामको काठमाडौंमा दर्ता भएका ३ वटा ठेकेदार कम्पनीले संयुक्त रुपमा २४ करोड, २८ लाख ८४ हजार ३ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।

दोस्रो चरणमा हर्रे–बाह्रबीसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डीपीआरको प्रारम्भिक रिपोर्टमा १ अर्ब ५ करोड ६६ लाख २७ हजार रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । सडक निर्माणको शुभारम्भ गर्दै सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले उक्त सडक महत्वपूर्ण भएकाले निर्माण कम्पनीलाई ढिला नगरी काम गर्न आग्रह गरे । साथै उनले सडक कार्यालय र ठेकेदारको पहलमा मात्र सडक निर्माण पूरा हुन समस्या पर्ने भएको भन्दै स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL