Logo

सेनामा खुल्यो २६ सयलाई रोजगारी

सेनामा खुल्यो २६ सयलाई रोजगारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली सेनामा विभिन्न पदमा २ हजार ६ सय सेना माग गरेको छ । सेनाले आइतबार सुचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

सेनाले फलोवर्स लेखा जमल्दार, ड्राइभर, सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवानलगायत २ हजार ६ सय १ पदका लागि दरखास्त आब्हान गरेको हो । जसमा जंगी अड्डाा अन्तरगत विभिन्न ५ सय ९४ पदमा दरखास्त आह्वान गरेको भने अन्य दरखास्त अन्य बाहिनी तथा गण अन्तरगत माग गरेको छ ।

सेनाले सबैभन्दा बढी सैन्य जवान पदमा बढी दरखास्त आब्हान गरेको छ । लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा भने कम माग गरेको छ ।

सो पदमा आजकै मितिदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । तर दोब्बर दस्तुर गिरी कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने सेनाद्वारा जारी सुचनामा उल्लेख छ । सो पदमा न्युनतम ८ कक्षा पासदेखि सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।

कुन पदमा कति ?

प्रतिक्रिया दिनुहोस्
MBL