Logo

दशैंलाइ टेलिकमको ‘जम्बो’ अफर, १० रुपैयाँमा ११ मिनेट कल,५० पैसामा एसएमएस

दशैंलाइ टेलिकमको ‘जम्बो’ अफर, १० रुपैयाँमा ११ मिनेट कल,५० पैसामा एसएमएस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमको चाडपर्वलाई लक्षित गर्दै नयाँ बोनस तथा छुट योजना ल्याएको छ । टेलिकमले रिचार्जमा बोनस, युट्युव डाटा प्याकेज, कम्बो प्याक, भ्वाईस तथा ल्याण्डलाईनमा समेत विशेष छुट ओजना ल्याएको हो ।

टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ । सो योजना असोज ५ गतेदेखि १० गतेसम्म लागू हुनेछ । त्यसैगरी १० रुपैयाँभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ ।

कम्पनीले दशैंलाई लक्षित गर्दै जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्बो प्याक ल्याएको छ । कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । टेलिकमले ल्याएको ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम भने ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

२१ दिनभित्र चालउन मिल्ने गरी जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ ।

कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त गर्न सकिनेछ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट, ५० रुपैयाँमा ७५ मीनेट, १ सय रुपैयाँमा २ सय र ३ सय रुपैयाँमा ६ सय ५० कुरा गर्न सकिनेछ । यो प्याकेज पनि असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

कम्पनीले एडीएसएल र वाईम्याक्समा पनि सेवाअवधि थप गरेको छ भने एसएमएसमा ५० प्रतिशत छुट गरेको छ । दशैंको अफरमा फोरजी सिम समेत निःशुल्क परिवर्तन गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यसैगरी ल्याण्डलाईन फोनमा पनि थप १ सय कल बोनस दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL