Logo

सम्पती शुद्धीकरण छानविनमा दैनिक ५० उजुरी

सम्पती शुद्धीकरण छानविनमा दैनिक ५० उजुरी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अकुत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण विभागमा दैनिक ४० देखि ५० उजुरी आउने गरेको छ । पछिल्लो समय सम्पती शुद्धिकरण गराउने पर्ने भन्दै ठूलो रुपमा मुद्दा आउने गरेको सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए ।

तर, सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको भन्दै उनले वदमासी नगरी मेहनतबाट जतिसुकै सम्पती कमाए पनि त्यो बैध हुने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि वढ्नुपर्ने बताए । ‘यस विषयमा जनस्तरमै जनचेतना आवश्यक छ,’ उनले भने, ‘आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनै पनि हालतमा हुनै दिन हुँदैन ।’

नेपाल राष्ट वैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तरराष्ट्रिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल राष्ट वैंकका उप निर्देशक हरिकुमार नेपाल र सम्पति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुटाछुटै विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL