Logo

‘हट चियर’ मा कुलमानको १ बर्ष , लोडसेडिङ अत्यदेखि ट्रान्सफर र टावर निर्माणमा छुट्टै कम्पनी

‘हट चियर’ मा कुलमानको १ बर्ष , लोडसेडिङ अत्यदेखि ट्रान्सफर र टावर निर्माणमा छुट्टै कम्पनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यकाल सम्हालेको १ बर्ष पुगेको छ । उनले आफ्नो १ बर्षको कार्यकालको समिक्षाको शुरुवात यसरी गरे ‘प्राधिकरणको कार्यकारी निर्देशको ‘हट चियर’मा बस्दा मेरा सामू समस्या र चुनौतीको चाङ थिए भने मुलुकको उर्जा क्षेत्रको सुधारको अवसर पनि उत्तिकै थिए । समस्या र चुनौतीको पहाडलाई छिचोल्ल्न हामीसँग थियोः यस क्षेत्रको लामो अनुभव, दृढ इच्छाशक्ति, आत्मविश्वास र इमान्दारिता । ’

घिसिङले पहिलो पटक लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने ‘दन्त्य कथा’लाई यथार्थमा परिणत गरे । त्यसको श्रेय उनी तत्कालिन प्रधानमन्त्री, मन्त्री, उर्जा सचिव र आफुलगयत प्राधिकरणका कर्मचारीलाई दिन्छन् । ‘सबैको सहयोगले गर्दा अहिले औद्योगिक क्षेत्रमा बेलुकाको २ देखि ३ घण्टा बाहेक विद्युत आपूर्तिको कारणले देशभर लोडसेडिङ छैन,’ उनी भन्छन् ।

\त्यसो त घिसिङ आगामी २ देखि ३ बर्षभित्र नेपालमा उत्पादित विद्युतले यहाँको माग धान्ने दाबी गर्छन् ।कार्यकारी निर्देशक घिसिङले आफ्नो १ बर्षको कार्यकालमा हासिल गरेका लोडसेडिङ अन्त्य, विद्युत चुहावट कमलगायतका केही उपलब्धिहरु बिहीबार सार्वजनिक गरेका थिए । केही मूख्य उपलब्धि यहाँ उल्लेख गरिएको छ ।

  1. ट्रान्सफर्मर र विद्युुत पोल तथा टावर बनाउन छुट्टाछुट्टै कम्पनी खोलिएको छ । प्राधिकरणलाई सूचना प्रविधिमैत्री बनाउन प्रयासको थालनी भएको छ ।
  2. दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको सुरुङ स्विचिङको समस्या समाधान गरी आगामी २ महिनाभित्र विद्युत उत्पादनको सुनिश्चितता गरिएको छ ।
  3. खिम्ती ढक्लेवर २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । ढल्केबर सवस्टेसनको निर्माणलाई तिव्रता दिएर निर्माणको अन्तिम चरणमा पुर्याइएको छ ।
  4. ब्लांच अत्तरिया १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने कालीगण्डकी र मस्र्याङदी विद्युत प्रसारण लाइन करिडोरको प्रसारण लाइनको काम शुरु गरिएको छ ।लामो समयदेखि अलपत्र रहेका १३२ केभी प्रसारण लाइनका आयोजनाहरु सूचारु गरी निर्माण कार्य अघि बढाइएको छ ।
  5. आर्थिक बर्ष ०७२/ ७३ मा ३ अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानी रहेकोमा गत आवमा २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
  6. ग्राहकले विद्युत महशुल बुझाउन कार्यलयमै जानुपर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट शुरु गरिएको छ भने चोरी नियन्त्रणमा लिइएको अग्रसरताका कारण विद्युत चुहावट ३ प्रतिशतले घटेको छ ।
  7. स्मार्ट ग्रीड र स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन बोलपत्र आब्ह्वान गरिएको छ । २१ ठाउँमा ६१ मेगावाटका ग्रीड कनेक्टेट सोलारको पिपिए अन्तिम चरणमा पुगेको छ ।
  8. जलाशययुक्त पिकिङ रनअफ रिभर र रन अफ रिभर जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर निर्धारण गरी कार्यन्वयनमा ल्याइएको छ ।
  9. विगत ७ बर्षदेखि हुन नसकेको नेपाल भारत विद्युत आदान प्रदान समितिको बैठक सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL