Logo

चाडपर्वले बढायो होटलको अकुपेन्सी, ६० प्रतिशत पुग्यो बुकिङ

चाडपर्वले बढायो होटलको अकुपेन्सी, ६० प्रतिशत पुग्यो बुकिङ


रक्षा रेग्मी
0
Shares

काठमाडौं । दशैं तिहारजस्ता चाडपर्ब नजिकिएसँगै नेपालका तारे होटलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । अहिले होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा बढी पुगेको नेपाल होटल एशोसिएशनका महासचिव विनायक शाहले बताए । ‘दशैंका लागी विदेशबाट आउने तथा घुम्न आउने पर्यटकका कारण अहिले तारे र पर्यटकस्तरीय होटलको अकुपेन्सी बढेको छ,’ उनले भने । साथै आगामी दिनमा होटलको अकुपेन्सी अझै बढ्न सक्ने समेत उनले बताए ।

यसैगरी यस बर्ष हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को ग्लोबल सम्मेलनले पनि होटलहरुको अकुपेन्सी बढेको हो । एनआरएनएको ग्लोबल सम्मेलन यही अक्टोबरमा हुँदैछ । त्यस्तै मनसुन सकिएर पर्यटकीय सिजन शुरु भएकोले पनि अकुपेन्सी अझै २० प्रतिशत वृद्धि हुने महासचिव शाहले बताए ।

हानका अनुसार होटेलको अग्रीम बुकिङका आधारमा यस सिजनमा होटेलका कोठा ७५ देखि ८० प्रतिशत बिक्री हुनेछन् । त्यस्तै २०१७ मा नेपालमा इतिहासमै पहिलोपटक धेरै पर्यटक भित्रने अपेक्षा व्यवसायीहरुको छ । ‘यो बर्ष १० लाखसम्म पर्यटक भित्रने अपेक्षा गरिएको छ,’ उनले भने, ‘जुन हालसम्मकै बढी हो ।’ त्यस्तै २०१२ मा अहिलेसम्मकै बढी ८ लाख ३ हजार पर्यटक भित्रिएका थिए । हानका अनुसार गत बर्ष नेपालमा ७ लाख ५३ हजार पर्यटक आएका थिए । २०१५ मा ५ लाख ३८ हजार पर्यटक भित्रिएका थिए । तर, सन् २०१७ को पहिलो ६ महिनामा मात्रै साढे ४ लाख पर्यटक नेपाल आइसकेका छन् ।

नेपाल भित्रने पर्यटकमा विशेषगरी भारतीय र चिनियाँ बढी छन् । त्यस्तै सेप्टेम्बरदेखि अक्टोवरसम्म अमेरिकन, युरोपेली तथा क्यानडेली पर्यटक घुम्न आउने गरेको तथ्याङ्क हानको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL