Logo

सेयर बजारमा पहिरो, ३५ अंकले ओरालो लाग्दा ९२ करोडको कारोबार

सेयर बजारमा पहिरो, ३५ अंकले ओरालो लाग्दा ९२ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार नेप्से ३४ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय १९ दशमलब ६६ अंकमा झरेर बन्द भएको हो ।

आइतबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र बजारमा नकारात्मक प्रभाब परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी २९६ दशमलब ७१ अंकले घटेको छ । त्यस्तै होटल ५१ दशमलब ३४, जलबिद्युत ४० दशमलब ४८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २८ दशमलब ६६ अंकले घटेको छ ।

 

त्यसैगरी उत्पादन,फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः २४ दशमलब २४, १३ र २ दशमलब ८९ अंकले ओरालो लागेको छ ।

निर्धन उत्थान बैंक लिमिटेडको १० करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार १५८ ओटा कम्पनी कारोबारमा आएका थिए ।

ती कम्पनीको १५ लाख ५७ हजार कित्ता सेयरबाट ९२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL