Logo

को बन्ला नेप्सेको महाप्रबन्धक ?, सर्ट लिष्टमा परे ५ जना

को बन्ला नेप्सेको महाप्रबन्धक ?, सर्ट लिष्टमा परे ५ जना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को महाप्रबन्धक नियुक्तिका लागि ५ जनाको नाम छनौट गरेको छ । मन्त्रालयले नेप्सेमा महाप्रबन्ध नियुक्त गर्न मन्त्रालयकै वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुखको नेतृत्वमा कमिटि गठन गरेको थियो । सोही कमिटिले ५ जनाको नाम छनौंट गरेको हो ।

मन्त्रालयका अनुसार समितिले नेप्सेका तत्कालिन महाप्रबन्धक सिताराम थपलिया, प्रविण पाठक, चन्द्र साउद, मनोज ज्ञवाली र प्रमोद शर्माको नाम छनौट गरेको हो ।

छनौट भएको नाम मध्येबाट आगामी हप्ताभित्रै नेप्सेको महाप्रबन्धक नियुक्त गरिने मन्त्रालयलका सचिव डा. शान्ताराज सुवेदीले जानकारी दिए । ‘अबको १/२ दिन भित्रमा नेप्सेमा महाप्रबन्धक नियुक्त गरिसक्नुपर्ने छ,’ उनले भने, ‘सोही अनुरुप समितिले सर्ट लिष्ट तयार गरेर सो मध्येबाट एक जना महाप्रबन्धक नियुक्त गर्नेछ ।’

नेप्सेमा महाप्रबन्धक बन्नका लागि १३ जनाले आवेदन दिएका थिए । सोहीमध्येबाट समितिले ५ जनाको नाम छनौट गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL