Logo

एनसेलको डेटामा अफरै अफर, प्याक बराबरकै फोरजी डेटा बोनस

एनसेलको डेटामा अफरै अफर, प्याक बराबरकै फोरजी डेटा बोनस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । साथै उक्त डेटाको कर सहित प्रति एमबि न्युनतम २ पैसा मात्र पर्नेछ ।

नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्मको प्याक खरिद गर्न सक्ने एनसेलले जानकारी दिएको छ ।

कम्पनीका अनुसार कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि १ सय रुपैयाँमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँदेखि ७ं० रुपैयाँसम्मको न्युततम ३० देखि २ ५० एमबि डोटा लिन लिक्नेछन् । जसमा उक्त डेटा बरावरकै फोरजी डेटा बोनस आउनेछ । एक सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्मका ५ सयदेखि १० हजार एमबि डेटा खरिद गर्न सक्नेछन् भने सोही बराबरको फोजरी डेटा बोनस प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । १ हजार ५ सयमा ४० हजार एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४० हजार एमबि फोरजी डेटा बोनस प्राप्त गर्नेछन् भने न्युनतम २ पैसा प्रति एमबिमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

यो योजना यहि बुधबार (भदौ २१) देखि ९० दिनको लागि लागु हुनेछ भने फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ ।

उक्त सेवा लिन एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

नजिकिदै गरेको चाडपर्व र देशको विभिन्न शहरमा फोरजी सेवा विस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL