Logo

चाडबाडको मुखमा राताम्य सेयर बजार, साढे २५ अंकले घट्दा ८४ करोडको कारोबार

चाडबाडको मुखमा राताम्य सेयर बजार, साढे २५ अंकले घट्दा ८४ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चाडबाड नजिकिदै जाँदा सेयर बजार भने ओरालो लाग्न थालेको छ । सोमबार नेप्से परिसुचक २५ दशमलब ४७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ४४ दशमलब ५६ अंकमा झरेर बन्द भएको हो ।

सोमबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १३६ दशमलब ७३ अंकले घटेको छ । त्यस्तै विकास बैंक ३६ दशमलब १७,बैंकिङ २५ दशमलब ७४ अंकले घटेको छ ।

त्यस्तै जलबिद्युत १९ दशमलब ७३,उत्पादन १८ दशमलब ४६, होटल १३ दशमलब २५,अन्य ४ दशमलब ९१ र फाइनान्स समुहको परिसुचक ४ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ५२ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १५ लाख कित्ता सेयरबाट ८४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL