Logo

भदौ २८ देखि दशैलाई नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म साट्न पाइने

भदौ २८ देखि दशैलाई नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म साट्न पाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले भदौ २८ गतेदेखि दशैका लागि सुकिला नोट साट्ने सुविधा सुरु गर्ने भएको छ ।

सोमबार एक सुचना प्रकाशित गर्दै राष्ट्र बैङ्ककै मुद्रा व्यवस्थापन सटही काउण्टरबाट सर्वसाधारणका लागि २७ हजार रुपैयाँसम्मको यस्ता नोट साट्ने सुविधा उपलब्ध गराउने जनाएको छ । यसबाहेक नेपाल बैङ्क, कृषि विकास बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कका तोकिएका शाखाहरुबाट भने सोही मितीदेखि प्रतिव्यक्ति २० हजार रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउने पनि उल्लेख छ ।

केन्द्रिय बैङ्कको थापाथलीस्थित भवन क्षतीग्रस्त भएपनि चाडपर्वमा उपलब्ध गराउँदै आएको यो सुविधा नरोकिने स्पष्ट पारेको छ । बैङ्कले संस्थागत पत्रका आधारमा नोट सटही सुविधा चाहनेलाई भने भदौ २१ गतेदेखि नै यस्तो सुविधा प्रदान गर्ने जानकारी गराएको छ । संस्थागत पत्र ल्याउनेलाई नोटको उपलब्ध हेरी सटही गर्ने पनि जनाइएको छ ।

राष्ट्र बैङ्कले ५, १०,२०,२५ र एक सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउनेछ । नोट सटहीलाई सहज बनाउन एक सयको प्याकेटमात्र वितरण गरिने भएकोले त्यसै अनुसार सटहीको माग गर्न सर्वसाधारणसँग बैङ्कले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL