Logo

कुलमानले भने ‘उर्जा मन्त्रिले मलाई हटाउन लागेको आरोप झुटो हो’

कुलमानले भने ‘उर्जा मन्त्रिले मलाई हटाउन लागेको आरोप झुटो हो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको बताएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आरोप झुठो भएको बताएका हुन् ।

‘उर्जा मन्त्रीले अख्तियार लगाएर मलाई हटाउन लागेको भन्ने आरोपमा कुनै सत्यता छैन’ उनले भने । साथै उनले अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र आफू सँगसँगै लागि परेको समेत विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

घिसिङले उर्जा मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउनेलगायत काम भइरहेको बताए ।

‘ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टोलि नै एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL