Logo

सामसुङका अध्यक्ष लिलाई भ्रष्टाचार आरोपमा ५ बर्ष जेल सजाय

सामसुङका अध्यक्ष लिलाई भ्रष्टाचार आरोपमा ५ बर्ष जेल सजाय


बिजखबर संवाददाता
0
Shares

सामसुङ कम्पनीका अध्यक्ष लि जेइ योङलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्यून हेइलाई गैरकानुनी रुपमा रकम उपलब्ध गराएर सामसुङको बिस्तारका लागि पक्ष लिन लाएको आरोपमा उनलाई ५ बर्षको जेल सजाय तोएिको हो ।

लिले ३ करोड ६० लाख डलर चन्दा दिएर आफ्नो पक्ष लिन लगाएको आरोपमा भ्रष्टार गरेको ठहर गर्दै जेल सजाय सुनाईएको बिबिसीले उल्लेख गरेको छ । ४९ वर्षे लिले सो रकम पार्क ग्यून हेइका साथी चोइ सुन सिलको गैर नाफामुलक फाउन्डेसनका लागि सो रकम दिएका थिए । सोही आरोपमा उनलाई जेल सजाय तोकिएको हो ।

कोरियामा सामसुङको ठूलो प्लान्ट स्थापना गर्ने क्रममा सरकारलाई आफ्नो पक्षमा लिनका लागि घुमाउरो तरिकाबाट चन्दाको रुपमा ठूलो रकम दिइएको भन्दै लिलाई सजाय तोकिएको हो । तर, लिका वकिलले भने सजायको विरुद्धमा अपिल गर्ने बिबिसीले उल्लेख गरेको छ ।

लिलाई जेल सजायको फैसला आउनेबित्तिकै सामसुङको सेयरमा १ प्रतिशतले गिरावट आएको छ ।
स्रोत/बिबिसी

 

प्रतिक्रिया दिनुहोस्
MBL