Logo

जंगलजस्तै शहर !

जंगलजस्तै शहर !


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ ।
भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ ।

त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ ।

चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ ।

२०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ ।

 

त्यहाँ रोपिने बोट विरुवाले हरेक बर्ष १० हजार टन कार्वनडाइअक्साइड तथा ५७ टन प्रदुषण सोस्ने छ भने ९०० टन अक्सिजन उत्पादन गर्छ ।
स्टेफनो बोइरी आर्किटेट्टीका अनुसार रुखले हावाको तापक्रम समेत कम गर्ने छ । साथै चरा तथा किरा फट्यांग्रलाई आवासको अवसर दिएर जैविक विविधतालाई बढावा दिने छ ।

नयाँ सहरमा फाष्ट रेल, सडक मार्गलगायत सबै विकासका आधुनिक पूर्वाधारहरु राखिने छ । अर्को कुरा छतमा सोलार प्यानल राखेर उर्जामा आत्मनिर्भर बनाइने छ । -वल्र्ड इकोनोमिक फोेरमबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL