Logo

मन्त्री शाही भन्छन् ‘बढुवा गर्न ‘पावर’ लगाउनेहरुको सूची तयार छ’ छानीछानी दुर्गममा पठाउने छु’

मन्त्री शाही भन्छन् ‘बढुवा गर्न ‘पावर’ लगाउनेहरुको सूची तयार छ’ छानीछानी दुर्गममा पठाउने छु’


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बढुवा गर्न भन्दै विभिन्न मन्त्री तथा उच्च पदमा रहेकाहरु मार्फत आउनेको सूची तयार राखेको बताए । साथै त्यस्ता व्यक्तिहरुलाई छानीछानी दुर्गममा पुर्याउने तयारी गरेको समेत जानकारी दिए । बिहीबार विद्युत प्राधिकरणको २३ औ बार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् ।

मन्त्री शाहीले पावर लगाउने प्रवृत्ति फस्टाएको देखेको भन्दै त्यसको अन्त्य गर्न लागि पर्ने प्रतिज्ञा व्यक्त गरे । ‘त्यस्तालाई तह लगाएर छाड्ने छ, यो मेरो भिष्म प्रतिज्ञा हो’ उनले भने ‘मलाई पद खुस्कन्छकी भन्ने डर छैन ।’

कार्यक्रममा विद्युत प्राधिकरणको प्रत्येक काउन्टरमा पानीको व्यवस्था गर्न निर्देशन दिएका छन् । सेवा ग्राही आउदा पिउने पानी समेत नहुने भन्दै सबै कक्षमा राख्न निर्देशन दिएका हुन् । साथै बस्नका लागि कुर्ची वा बेन्चको व्यवस्था गर्न निर्दिष्ट गरे । उनले प्राधिकरणको शौचालय फोहोर हुने भन्दै सफा गर्न समेत निर्देश्न दिए ।

प्राधिकरण अन्तरगतका देशभरका कार्यलयहरुमा एउटै रङ प्रयोग गर्न समेत निर्देशन दिए । ‘भोलि देखि नै काम शुरु हुनुपर्छ,’ उनले भने, ‘दश दिनपछी म अनुगमनमा आउने छु ।’

त्यस्तै प्राधिकरणको प्रत्येक तत्लामा रहेको क्यान्टिन हटाउन समेत निर्देशन दिए ।

सो अबसरमा उनले कर्मचारीको लापरबाहीले ट्रान्सफर्मर पड्किने गरेको बताए । साथै अवदेखि जहाँको ट्रान्सफरर्मर पड्किन्छ त्यसको जवाफदेशी सम्बन्धित क्षेत्रको प्रमुख हुने बताए । मन्त्री शाहीले ट्रान्सटिर पड्केको ठाउँमा तत्काल छानविन शुरु गर्नुपर्ने बताए ।

कर्मचारीले राम्रो काम गरेको अवस्थामा सेवा तथा सुविधा बृद्धिमा मन्त्रालय तयार रहेको समेत बताए । त्यस्तै कार्यलयमा ट्रेड युनियनले आफ्नो सीमा भन्दा बाहिर गएर काम गर्न नसक्ने बताए । त्यस्तै प्राधिकरलाई स्मार्ट सिस्टममा लैजान आवश्यक भएको बताए । साथै अनलाइन पेमेन्ट लागु गर्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा उनले प्राधिकरणले पछिल्लो १ बर्षमा गरेको परिवर्तनप्रति सन्तुष्ट रहेको बताए । साथै कर्मचारीलाई धन्यबाद समेत दिए । त्यस्तै जलस्रोतको पर्याप्त प्रयोग गरेर देश आत्मनिर्भर बन्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL