Logo

पोनि मा : जसले गर्दा पछि परे चीनकै धनी ज्याक मा

पोनि मा : जसले गर्दा पछि परे चीनकै धनी ज्याक मा


बिजखबर संवाददाता
0
Shares

ज्याक मा चिनका धनाढ्यमा पर्छन् । अनलाइन सपिङ साइट अलिबाबाका मालिक उनले अर्को चर्चित अमेजन डट कमलाई टक्कर दिएको चर्चा हुने गर्छ । ज्याक माको अलिबाबाले चिनमा यसरी प्रभुत्व विस्तार गर्यो कि उनलाई यसैले चीनकै सबैभन्दा धनी व्यक्ति बनायो भने विश्वकै धनीहरुको सुचीमा अग्रस्थानमा पुर्यायो ।

तर, ज्याकमा चिनियाँ उपाधि तोडिएको छ । मा हुतेङ, जो पोनि मा नामले परिचित छन् उनैले ज्याकमालाई पछि पारेर चिनकै सबैभन्दा धनी व्यक्तिमा आफूलाई दर्ज गरेका छन् । ज्याक मासँग मिल्दो जुल्दो नाम भएका पोनि मा इण्टरनेट कम्पनी टिसेन्टका मालिक हुन् । फोर्ब्सले उनको सम्पत्तिको मूल्याङ्कन ३७ अर्ब डलर गरेको छ । जबकी ज्याक माको सम्पत्ति ३६ अर्ब २० करोड डलर रहेको फोर्ब्सले जनाएको छ ।

पोनि माको कम्पनीले चिनमा अत्यन्त लोकप्रिय म्यासेजिङ एप्स विच्याट सञ्चालन गर्छ । सन् २०११ देखि सञ्चालनमा आएको यो एप्सका अहिले ९३ करोड ८० लाख प्रयोगकर्ता छन् । पोनि माको विच्याटजस्तै ज्याकमाको अलिपे सञ्चालनमा छ । सन् २०१७ मा टिसेन्टले आफ्ना ६० करोड सक्रिय प्रयोगकर्ता रहेको जनाएको छ भने अलिपेका ४५ करोडमात्रै । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL