Logo

आयल निगमलाई कारवाही गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

आयल निगमलाई कारवाही गर्न अख्तियारलाई लेखा समितिको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैंठकले निगलले पेट्रोल भण्डारणका लागि जग्गा खरिदगर्दा आर्थिक हिनामिना गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएको हो । गरेको छ ।

निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ति ऐन बमोजिम खरिद गर्नुपर्नेमा टेण्डरबाट गर्नु नै अनिमियतता भएको समितिको ठहर छ । साथै निगमले टेण्डरको नाममा कागजात मिलाएर दलालसँग मिलेमतो जग्गा खरिद गरेको समितिको आरोप छ । दलासँगको मिलेमत्तोमा निगमका अधिकारीले ठूलो रकम हिनामिना गरेको भन्दै तत्काल कारवाही प्रक्रिया अघि बढाउन समितिले दिर्नेशन दिएको हो ।

निगमले दलालसँग सरकारी र चलनचल्तीको भूल्यभन्दा बढीमा जग्गा खरिद गरेर भ्रष्टाचार गरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए । उक्त जग्गा खरिदमा स्थानीय निकायका कर्मचारीको पनि मिलेमत्तो रहेको आशंका गरिएको छ । सोही अनुरुप निगमले जग्गा खरिद गर्दा अपनाएको प्रक्रिया र जग्गा किन्दा स्थानीय क्षेत्रमा गरिएको सेटिङमाथिको छानविन गरी दोषीलाई तत्काल कारवाही अख्तियारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL