Logo

जिम्मेवार व्यवसाय सम्मेलन शुरु, प्रधानमन्त्रीले भने, व्यवसायीका प्रशासनिक र कानुनी झण्झट हटाउँदैछु

जिम्मेवार व्यवसाय सम्मेलन शुरु, प्रधानमन्त्रीले भने, व्यवसायीका प्रशासनिक र कानुनी झण्झट हटाउँदैछु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजीक्षेत्र सक्षम नभई देशमा दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् । ‘देशले दिगो आर्थिक विकास हासिल गर्न पहिला निजीक्षेत्र सक्षम हुनु जुरुरी छ,’ दोस्रो जिम्मेवार व्यवसाय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘तसर्थ निजीक्षेत्रलाई व्यवसाय गर्दा भोग्नु परेका प्रशासनिक र कानुनी झण्झट हटाउँदैछु ।’

जिम्मेवार व्यवसाय सम्मेलनले देशमा सामाजिक तथा वातावरणीय रुपमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै आर्थिक विकासको लागि सबै एकजुट हुनुपर्ने बताए । ‘देशको अर्थतन्त्र कस्तो बनाउने भन्ने विषय हामीहरुकै हातमा छ,’ उनले भने, ‘देशको अर्थतन्त्रलाई दिगो रुपमा अघि बढाउन उद्योगी व्यवसायीले जिम्मेवार भएर व्यवसाय संचालन गर्नु जरुरी छ ।’

सम्मेलनले व्यवसायीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका व्यवसायीक मूल्य र मान्यताको विषयमा जानकारी दिने कार्यक्रमका सभापति एवं राष्ट्रिय व्यवसायीक पहलका अध्यक्ष पद्यम ज्योतिले बताए । ‘सम्मेलनले कुनै पनि व्यवसायीले भविश्यकमा कस्तो जिम्मेवारीका साथ व्यवसाय गर्ने भन्ने विषयको जानकारी दिनेछ,’ उनले भने, ‘जसले स्वच्छ र समाजप्रति जिम्मेवार भएर व्यसाय गर्न सिकाउँछ ।’

दुई दिने यस सम्मेलनमा विभिन्न १६ सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तीय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा जानकारी गराउने ज्योतिले जानकारी दिए । यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL