Logo

२७ अर्ब रुपैयाँमा बेचिदैछन फुटबलर नेयमार !

२७ अर्ब रुपैयाँमा बेचिदैछन फुटबलर नेयमार !


बिजखबर संवाददाता
27
Shares

एजेन्सी । सम्भवत : सबै ठिकठाक रहेमा बार्सिलिनाका स्ट्राइकर नेयमारले आज फ्रान्सेली क्लब पिएसजी सङ आफ्नो खेल जिवनको अर्को महत्वपुर्ण सम्झौता गर्नेछन ।
यो सम्झौताले उनको खेल जिवनको एउटा अर्को खुड्किलो त तय गर्ने नै छ त्यो भन्दा व्यावसायिक खेलकुद इतिहासमा एउटा किर्तिमानि रकमको आबद्धता पनि रच्नेछ ।
विदेशी सन्चारमाध्यमका अनुसार आफ्ना बाबू र एजेन्ट सहित नेयमार  पिएसजी सम्झौताका लागि पुग्दैछन ।
ब्राजिलियन खेलाडी नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनमा जान लागेका हुन् । उनलाई पेरिस सेन्ट जर्मेनले करिव २७ अर्ब रुपैयाँ तिरेर आफ्नो क्लबमा सहभागी गराएको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नेयमारले कर तिर्नु अघि बार्षिक ४५ मिलियन युरो पारिश्रमिक पाउने छन् । बार्सिलोनाले नेयमार क्लबको नियमित अभ्याससमा अनिवार्य सहभागी हुनुपर्नेमा छुट दिइसकेको बताएको छ । सञ्चारमाध्यमहरुका अनुसार बुधबार बार्सिलोनाको अभ्यास मैदान जोअन गाम्पर ट्रेनिङ कम्प्लेक्समा पुगेका थिए । तर उनले अभ्यास गरेनन् ।
नेमार विश्वकीर्तिमानी रकम १९ करोड ६० लाख पाउन्डमा पीएसजी जान लागेका हुन् । उनका समर्थहरु भने उनीप्रति आक्रोसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL