Logo

राजस्व संकलन २६ प्रतिशतले वृद्धि

राजस्व संकलन २६ प्रतिशतले वृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ असार महिनासम्ममा २ खर्व ५८ अर्व १७ करोड ४९ लाख  रुपैया राजस्व संकलन भएको छ । सो अबधिमा २ खर्व ३३ अर्व ६० करोड १५ लाख  रुपैया“ राजस्व संकलनको लक्ष्य रहेकोमा १११ प्रतिशत प्रगती भएको हो । साथै गत आर्थिक बर्षको तुलनामा २६ प्रतिशतले बृद्धि भएको छ ।
शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १ खर्र्ब ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर रु. ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ रु. ४७ अर्व २१ करोड ५४ लाख २३ हजार संकलन भएको छ ।
सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११६ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत बढी भएको हो ।  त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ७३ करोड ९७ लाख २५ हजार र रु. ८६ करोड ३३ लाख ६६ हजार संकलन भएको छ ।
शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत र मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत रहेको छ । त्यसैगरी अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३/७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको छ ।
आन्तरिक राजस्व विभागमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुहु“दै वितेको आर्थिक वर्षमा चुनौतिपूर्ण लक्ष्य पूरा भएकोमा विभागको महानिर्देशकको तर्फबाट वधाई दिए ।
कर प्रशासनले परिश्रमका साथ काम गरेकै कारण लक्ष्य पूरा गर्न सफल भएको बताउदै चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य पनि चुनौतिपूर्ण रहेकोले  मेहनत गर्न निर्देशन समेत दिए ।
आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षका लागि करिव ३ सय अर्व राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले सो चुनौति पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागि पर्न समेत महानिर्देशक कार्कीको निर्देशन थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL