Logo

सरकारकै ढाँचामा महासंघ, अध्यक्ष राणाले गरिन सय दिने कामको ‘बृफ’

सरकारकै ढाँचामा महासंघ, अध्यक्ष राणाले गरिन सय दिने कामको ‘बृफ’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५० वर्षे इतिहासमा पहिलो पटक १ सय दिने कार्यक्रमको समिक्षा गरेको छ । महासंघले सरकारको ढाँचामा गएर नयाँ नेतृत्व चुनिएर आएको १ सय दिनमा गरेको कामको सार्वजनिक गरेको हो ।

सो अबसरमा महासंघका अध्यक्ष भवानी राणाले महासंघले १ सय दिनमा गरेको कामको ‘बृफ’ र आगामी दिनमा गरिने कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । महासंघले १ सय दिनमा सरकारसँग ब्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत पहल र विभिन्न निकायसँग आफ्नो गुनासो राख्ने काम गरेको बताईन् । महासंघले तत्कालका लागि प्रशासनिक सुधारलाई प्राथमिकता दिएको जानकारी दिँदै अबका दिनमा अन्य सुधारका काम तथा औद्योगिक वातावरण निर्माणमा जोड दिइने बताइन् ।

सो अवधिमा महासंघले रेमिट्यान्सको सदुपयोग गर्दै स्थानीय स्तरमा उद्यमशिलताको विकास तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सम्झौता गरिएको बताइन् ।

साथै महासंघले आगामी दिनमा पहिलो पटक ‘वाटर ट्रेड एण्ड टुरिजम’को विषयमा सम्मेलन, विज्ञहरुको कमिटि गठन, सातवटै प्रदेशमा स्मार्ट सिटी निर्माण, आफ्ना बस्तुगत संघका लागि चेम्बर उपलब्ध गराउन भवन निर्माण, एफएनसिसिआई प्रसिडेन्ट कप टी२० क्रिकेटको आयोजना, तथ्याङ्क तथा अनुसन्धान केन्द्रको स्थापना, नेपालमा आबश्यक पर्ने दक्ष जनशक्तिको बारेमा अनुसन्धान, नेपाल र भारतबीचको लगानी सम्मेलन जस्ता काम गर्न लागिएको जानकारी दिए ।

यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघकै इतिहासमा पहिलो पटक आफ्नो १ सय दिने कार्यकालको समिक्षा गरिएको जानकारी दिँदै अबका दिनमा महासंघले द्वुत गतिमा आफ्नो काम अघि बढाउने बताए ।

भारतले लगाएको सेवा तथा बस्तु कर (जीएसटी)को विषयमा पनि महासंघले छलफल अघि बढाएको जानकारी दिँदै केही समय भित्रै महासंघ र वाणिज्य मन्त्रालयको सहकार्यमा सो सम्बन्धमा आफ्ना सदस्यहरुलाई जानकारी गराइने बताए । तस्विर- विनोद ढकालको फेसबुकबाट साभार

 

प्रतिक्रिया दिनुहोस्
MBL