Logo

कृषिप्रधान देशमा साढे १४ अर्बको तरकारी तथा फलफुल आयात !

कृषिप्रधान देशमा साढे १४ अर्बको तरकारी तथा फलफुल आयात !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को ११ महिनामा नेपालमा १४ अर्ब ४५ करोड रुपैयाँ बराबरको फलफुल तथा तरकारी आयात भएका छन् । अघिल्लो आवको ११ महिनामा ११ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलफुल तथा तरकारी आयात भएकोमा गत आवको सो अवधिमा १४ अर्ब रुपैयाँको सामग्री भित्रिएको हो ।

नेपालमा भारतबाट तरकारी तथा फलफुल आयात हुने गरेको छ ।

अघिल्लो आवको तुलनामा सो अबधिमा विशेषगरी तरकारीको आयात आकाशिएको छ भने फलफुलको आयातमा कमी आएको छ ।
४ अर्ब ५६ करोड २२ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । यो गत आवको ११ महिनाको तुलनामा ३ दशमलब ३ प्रतिशतले कम हो ।
गत आवमा ४ अर्ब ७१ करोड ७९ लाख रुपैयाँको फलफुल आयात भएको थियो ।

आर्थिक बर्ष २०७३ /७४ को ११ महिनामा ९ अर्ब ८९ करोड ७३ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । जुन अघिल्लो आवको सो अबधिको तुलनामा ४२ दशमलव ९ प्रतिशतले बढी हो । अघिल्लो आवको ११ महिनामा नेपालमा ६ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL