Logo

यी हुन् चर्चित नेपाली मोबाइल एप्स

यी हुन् चर्चित नेपाली मोबाइल एप्स


रक्षा रेग्मी
0
Shares

हामीले प्रयोग गर्ने स्मार्टफोनले किताब, रेडियो सेट, क्यामेरा र कम्प्युटर मात्र होइन, स्क्यानर मेशिन, क्यामेरा तथा क्यालेण्डरलाई विस्थापित गरेको छ । गूगलका प्रमुख स्मिथले ‘माइक्रो सुपर कम्प्युटर’नामदिएको यो सानो डिभाइसले आम मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याइदिएको छ ।

मौसमको जानकारी लिन, आफूलाई मन परेको लुगा तथा अन्य सामानहरु किन्न, विभिन्न प्रतियोगिता तथा परीक्षाको नतिजा बारे जानकारी लिनका साथै फोटो एडिट गर्न देखि फिल्म बनाउन समेत मोबाइलले सघाइरहेको छ । चेस, लुडो तथा तास जस्ता ‘इन्डोर गेम’मात्र होइन, फुटबल देखि क्रिकेटसम्मका ‘आउट डोर’ खेलहरु मोबाइलमै खेल्न सकिन्छ ।

यसरी शारीरिक क्रियाकलापको आवश्यकता पर्ने खेल मोबाइलमा खेल्नुका सामाजिक र स्वास्थ्य लगायतका अन्य प्रभाव छन् नै तर त्यसले उपलब्ध गराएको सुविधा भने अतुलनीय छ । र, यसरी हाम्रो जीवन सहज बनाउने तथा स्मार्टफोनलाई ‘स्मार्ट’ बनाउनो साधन हो – मोबाइल एप्स ।

सूचना प्रविधिको विकाससँगै मोबाइल एप्स निर्माण‘ग्ल्यामरस करिअर’ बन्नथालेको छ । मोबाइल एप्स निर्माणलाई नै मूख्य पेसा बनाएर नाम र दाम कमाउनेहरु बढ्दै छन् । नेपालमा पनि यो काम लोकप्रिय बन्न थालेको छ । एप्स निर्माणबाटै यहाँको बजारमा आफ्नो प्रविधि कला देखाउनेहरुको प्रशंसा हुन थालेको छ ।

नेपालमा एण्ड्रोइड फोन प्रयोगकर्ता बढ्दै जाँदा नेपाली मोबाइल एप्स बनाउने पनि बढेका छन् । गुगल प्लेस्टोरमा पाइने निःशूल्क एप्सले स्मार्टफोन प्रयोगकर्तालाई थप सहज बनाएको छ ।

नेपाली एप्सको प्रयोग भएको करिबएक दशक बित्न लागेपनि विगतका केहि बर्षदेखि मात्र यसको व्यापक प्रयोग भएको पाइन्छ । सुरुसुरुमा जानकारी तथा शिक्षा मूलक एप्सहरु प्रयोगमा आएपनि अहिले भने मनोरञ्जनात्मक एप्सहरुको प्रयोगकर्ता बढ्न थालेका छन् ।

दैनिक जीवनलाई सहज बनाउने एपहरु पनि प्रयोगकर्ताको रोजाइमा पर्न थालेको छ । एप्समै मौसमबारे जानकारी लिनमात्र नभइ परीक्षफल हेर्न, पत्रपत्रिका, अस्पतालमा उपलब्ध सेवालगायत हेर्न मिल्ने सुविधा थपिएका छन् ।

यस्ता छन् चर्चित एप्स

लुडो नियो क्लासिक

पछिल्लो समय लुडो नियो क्लासिक एप्सको चर्चा रहेको छ । यो एपएन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ । जीवन श्रेष्ठले निर्माण गरेको यो एप्सहालसम्म ५० लाख डाउनलोड भइसकेको छ । प्लेस्टोरमा यसले ४.३ रेटिङ पाएको छ ।

नेपालीपात्रो

नेपाली पात्रो चर्चित मोबाइल एप्स हो । हालसम्म १०लाख भन्दा बढी पटक डाउनलोड भइसकेको छ । यसमा नेपाली पात्रोमा हुने सम्पूर्ण सुविधा छन् । जस्तै सार्वजनिक विदा,तिथीलगायत बारे जानकारी यसले दिन्छ । यसको ४.५ रेटिङ छ ।

इसेवा मोबाइल वालेट

इसेवा मोबाइल वालेट एफवान सफ्टले निर्माण गरेको यो । यो एपहालसम्म १० लाख पटक डाउनलोड भइसकेको छ । प्रयोगकर्ताले यसलाई ४.२ रेटिङ गरेका छन् ।

इकान्तिपुर


इ कान्तिपुर मोवाइल एप कान्तिपुर मिडिया ग्रुपले निर्माण गरेको हो । यो एप्समार्फत कान्तिपुर समुह अन्तर्गतका कान्तिपुर रेडियो, टिभी, पत्रिका तथा अनलाइनमा प्रकाशित समाचार पढ्न सकिन्छ । यो एप हालसम्म ५ लाख पटक डाउनलोड भइसकेको छन् । यसले चार रेटिङ पाएको छ ।

योण्डर म्युजिक


योण्डर म्युजिक योण्डर म्युजिक नेपालले निर्माण गरेको एपहो । यसमार्फत नेपाली अंग्रेजी तथा हिन्दी गितहरु डाउनलोड गर्न मिल्नुका साथै अफलाइन प्ले गर्न सकिन्छ । हालसम्म १० हजार पटक डाउनलोड भएको छ । योण्डर म्य्जिकले ४.५ रेटिङ पाएको छ । यसलाई एनसेलले सपोर्ट गरेको छ । यो एपले विशेषगरी नेपाली गितहरुको प्रवद्र्धनमा सहयोग पुर्याएको छ ।

नेपाल लोडसेडिङ


नेपाल लोडसेडिङ एप हालसम्म १०लाख पटक डाउनलोड भएको छ । यसमा समुह अनुसारको लोडसेडिङ हुने समय हेर्न मिल्छ । केही समययता लोडसेडिङ हुन छोडेपछि भने यसको लोकप्रियता घटेको छ । यो एप्सको रेटिङ ४ ३ छ । नेपाल लोडसेडिङ सिरान टेक्नोलोजी अन्तर्गत सञ्चालित छ ।

हाम्रो नेपाली किबोर्ड

हाम्रो नेपालीकिबोड हालसम्म १० लाख पटक डाउनलोड भइसकेको छ । यसलाई प्रयोगकर्ताले ४.३ रेटिङ गरेका छन् । हाम्रो नेपाली किबोर्डमा युनिकोडमा नेपाली टाइपिङको सुविधा छ । यो एप एन्ड्रोइड र आईओएस दुवै भर्सनका स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ । हाम्रो नेपालीकिबोर्ड समुहले नै निर्माण गरेको हाम्रो पात्रो नेपाली स्मार्टफोन प्रयोगकर्ताबीच पनिउ त्तिकै लोकप्रिय छ । तिथीमिती बाहेक विभिन्न नेपाली अनलाइनमा आएका समाचार पढ्न सक्ने सुविधा यसमा रहेको छ ।

नेपालमा अन्य केही एप्सपनि चर्चामा छन् । त्यसमध्ये स्वास्थ्य क्षेत्रलाई लक्षितगर्दै ल्याएको हाम्रो डाक्टर एपपनिएक हो । यसमा स्वास्थ्य सम्बन्धी सूचना, समाचार तथा उपयोगी जानकारी र सुझाव एपमा राखिएको छ । त्यस्तै अस्पताल, चिकित्सक, क्लिनिक, एम्बुलेन्स सेवा, रक्तदाता तथा अन्य उपचारबारे जानकारी उपलब्ध छन् ।

स्प्यारो एसएमएसको लोकप्रियता पनि निकै छ । गुगलप्ले स्टोरमा निःशुल्क डाउनलोड गर्न सकिने यो एप्सबाट इन्टरनेट बिना पनि रिजल्ट हेर्न सकिन्छ । विशेषगरी एसएलसी र प्लस टु रिजल्ट, लोडसेडिङ, राशिफल, डेट कन्भर्ट, मौसम, डिक्सनेरी, जोक, मुभी, महत्वपूर्ण सम्पर्क नम्बरलगायत सुविधा यसमा उपलब्ध छन् ।

त्यस्तै नेटटिभी मोबाइलमा टिभी हेर्न सकिन्छ । नेप्से नेपाल स्टक एक्सचेन्जले बजारमा ल्याएको नेप्से एप सञ्चालन गरिरहेको छ । ब्रेन डिजिटको प्राविधिक सहयोगमा निर्माण भएको यो एपमा सेयर कारोबारबारे जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL