Logo

कहिले बन्ला रानीपोखरी ?, समयमै नबने कारबाहीको चेतवानी

कहिले बन्ला रानीपोखरी ?, समयमै नबने कारबाहीको चेतवानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी पूर्ननिर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ । रानीपोखरी पूर्ननिर्माण समयमै नसकेमा कारबाही गर्ने चेतावनी दिएको हो ।

रानीपोखरी निर्माणको लागि जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीले माटो फ्याक्ने, ट्रयाक बनाउने, वालको काम तथा दुबो रोप्ने काम असारमसान्तसम्म सक्नुपर्ने छ ।

सम्झौता अनुसार यही असार मसान्तसम्ममा काम सक्नुपर्ने थियो । तर असार मसान्त आउन २ दिन बाँकी रहँदा धेरै काम बाँकी रहेको भन्दै चेतावनी दिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।‘सबै काम असार भरमा सक्नुपर्नेमा अहिलेसम्म माटो फ्ँयाक्ने, ट्रयाक र वाल बनाउने काम मात्र सकिएको छ’ उनले भने । ठेकेदार कम्पनीको लापरवाहीले गर्दा काम सुस्त भएको उनको आरोप छ । कम्पनीले माटोलाई तिनकुने पार्क र महाराजगञ्जको पुलिस तालीम केन्द्रमा व्यवस्थापन गर्ने बताएको छ ।

रानीपोखरी निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेल भने महानगरपालिकाले डिजाइन उपलब्ध नगराउदा काम रोकिएको बताउँछन् । ‘गार्डेनीङ’ को जिम्मा हामीलाई दिएपनि हालसम्म यसको डिजाईन नै दिइएको छैन’ उनले भने  ।

डिजाइन पाएको अवस्थामा दुई महिनाभित्र काम सक्ने दाबी उनको छ । तर हालसम्म डिजाइन नै उपलब्ध नगराएकोले सम्झौता भएको मितीमा भने काम नसकिने उनले स्वीकार गरे ।

महानगरपालिकाले ६ करोड २९ लाख रुपैयाँमा पोखरीको माटो निकाल्ने,साजसज्जाको काम,पर्खाल बनाउने कामको जिम्मा दिएको थियो । हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको काम भएको उनले जानकारी दिए ।

बत्ती राख्ने तथा दुबोलगायतका काम मन्दिर बनेपछि मात्र सुरु गर्नेछ । त्यसो त मन्दिर बनाउने जिम्मा पुरातत्व विभागले लिएपनि हालसम्म निर्माण कार्य शुरु गरेको छैन । पोखरीभित्र रहेको बागोपालेश्वर मन्दिर नबन्दा यसपटक पनि तिहारमा रानीपोखरीको पुजा गर्न नपाइने सम्भावना छ । काठमाडौं महानगरपालिकाले भने पोखरीलाई पुरातात्विक महत्वको पार्कमा विकास गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL