Logo

किन ओरालो लाग्यो नेप्से, के छ मौद्रिक नीतिको असर ?

किन ओरालो लाग्यो नेप्से, के छ मौद्रिक नीतिको असर ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीति आएको भोलिपल्टै नेप्से परिसुचक ओरालो लागेको छ । मौद्रिक नीतिले सेयर बजारलाई धेरै नछोएपनि लगानीकर्तामा भने त्यसको असर परेको देखिन्छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई प्राथमिक पूँजीको ४० प्रतिशतसम्म लगानी गर्न सक्ने अधिकार दिँदा सेयर बजारमा झण्डै डेढ खर्ब लगानी गर्न सक्ने र त्यसले गर्दा बजार बढ्नु पर्ने एक सेयर विश्लेषकले बताए । ‘सेयर बजारमा अहिलेसम्म बैंक वित्तीय संस्थाले ३८/३९ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन्,’ उनले भने, ‘यदि मौद्रिक नीति अनुसार लगानी गर्ने हो भने १ खर्ब ५० अर्ब रुपैयाँसम्म मार्जिक लेण्डिङ गर्न सक्छन् ।’

अहिले बैंक वित्तीय संस्थाले कुल कर्जाको ३ प्रतिशतभन्दा कम रकम कर्जा प्रबाह भएको यस क्षेत्रमा नयॉ ब्यबस्थाबाट बैक तथा वित्तीय क्षेत्रले कुल कर्जाको ७ प्रतिशत रकम सेयरमा प्रवाह गर्न सक्नेछन् ।

सेयर बजार लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने भएकाले पनि तत्कालका लागि केही घटबढ हुने एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘मौद्रिक नीतिसँगै मिडियाहरुमा सेयर बजारमा ‘कसी’ लाग्यो भन्ने खालका समाचार आएका छन् त्यसले केही हदसम्म असर गरेको हुनसक्छ,’ ती लगानीकर्ताले भने, ‘यो नबुझेर भएको हो यदि विश्लेषण नै गर्ने हो भने बैंक वित्तीय संस्थाले मार्जिन लेण्डिङमा थप १ खर्ब रुपैयाँ सम्म लगानी गर्न पाउँछन् ।’

मौद्रिक नीति आएको भोलिपल्क बजार झण्डै दोहोरो अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ९३ अंकले ओरालो लागेको छ । बजारमा उत्पादनमुलक बाहेर सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

सोमबार बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक झण्डै ६० अंकले ओरालो लागेको छ । यसैगरी, बजारमा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव ७५ अंकले ओरालो लागेको छ भने विकास बैंक समुह साढे ११ अंकले घटेको छ । होटल सुमहको परिसुचक १५ अंकले घट्दा जलविद्युत साढे १६ अंकले ओरालो लागेको छ ।

सोमबार बजारमा कोरोबार रकममा पनि गिरावट आएको छ । दिनभर बजारमा कुल १ सय ५० कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ६९ करोड ३५ लाख रुपैयाँ बराबरको २८ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL