Logo

आइतबारबाट ग्लोबल र रिलायबलको एकिकृत कारोबार, चुक्ता पूँजी ८ अर्ब पुग्ने

आइतबारबाट ग्लोबल र रिलायबलको एकिकृत कारोबार, चुक्ता पूँजी ८ अर्ब पुग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई रिलायबल डेभलपमेन्ट बैंक प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै एकिकृत कारोबार शुरु गर्ने भएको छ । बैंकले आईतबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ ।

ग्लोबलले रिलायबलाई प्राप्ती गरेर एकिकृत कारोबार शुरु गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । हाल ग्लोबल आईएमईको चुक्ता पूँजी ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

यस अघि नेपाल इन्भेष्टमेन्ट बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याइसकेको छ । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्त भित्र बाणिज्य बैंकलाई ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएसँगै बैंकहरुले मर्जर एक्विजिशनलाई प्राथमिकता दिएका हुन् ।

११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

यी दुई संस्थाबीच सेयर स्वाप रेसियो १ सय बराबर ८२.९० कायम गर्ने सहमति भएको थियो । जस अनुसार ग्लोबल आईएमई बैंकको १ सय कित्ता बराबर रिलायबलका सेयर धनीले ८२.९० कित्ता सेयर पाउनेछन् ।

एकिकृत कारोबारसँगै बैंकको शाखा संख्या १ सय १२ पुग्ने छ भने एटिएम संख्या १ सय १४ हुनेछ । यसैगरी ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ७ लाख भन्दा बढी ग्राहक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL