Logo

महालक्ष्मी बिकास बैंकको एकिकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ६२ करोड पुग्यो

महालक्ष्मी बिकास बैंकको एकिकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ६२ करोड पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक गाभिएपछिको एकिकृत कारोबार आइतवारबाट सुरु भएको छ ।

दुई बैंक गाभिएर बनेको नयाँ संस्था महालक्ष्मी बिकास बैंकको नामबाट सञ्चालनमा आउने भएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड  पुगेको छ ।

मर्जर अघि यतिको चुक्ता पुँजी १ अर्ब ३८ करोड थियो । त्यस्तै महालक्ष्मीको १ अर्ब १५ करोड रहेको थियो । यी दुई संस्थाले १ः१ अनुपातमा सेयर स्वाप रेसियो कायम गरेर मर्जर गरेका हुन् ।

मर्जरपछि बैंकको निक्षेप २४ अर्ब २१ करोड र कर्जा २० अर्ब २६ करोड पुगेको छ । त्यस्तै बैंकको शाखा संख्या ६५ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL