Logo

तत्काल बेरुजु फस्र्यौट गर्न राष्ट्रपतिको आग्रह

तत्काल बेरुजु फस्र्यौट गर्न राष्ट्रपतिको आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले महालेखा परीक्षकको कार्यलयले देखाएको बेरुजु चाँडो भन्दा चाँडो फस्र्योट गर्न आग्रह गरेकी छिन् ।

बिहीबार महालेखा परीक्षक कार्यलयको ५९औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सरकारलाई यस्तो आग्रह गरेकी हुन् ।

सो अवसरमा उनले वित्तीय अनुशासन कायम गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताइन् ।

त्यस्तै लेखापरिक्षण लाई अझ प्रभावकारी बनाउन अन्तरराष्ट्रिय मापदण्ड तथा विधिलाई अबलम्बन गर्न कार्यलयलाई आग्रह समेत गरिन ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले महालेखा कार्यलयले देखाएको बेरुजु फस्र्यौटका लागि सरकारले विशेष प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL