Logo

बाग्लुङको तमान खोला पुग्यो टेलिकम, पहिलो पटक सञ्चारको पहुँचमा स्थानीय

बाग्लुङको तमान खोला पुग्यो टेलिकम, पहिलो पटक सञ्चारको पहुँचमा स्थानीय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकम बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा पुगेको छ । टेलिकमले तमान खोलामा विटिएस स्थापना गरी असार ९ गते देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको हो । यो स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइने ।

तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट वडा नं.३ र ४ का करिव ६ सय घरधुरीले सञ्चार सेवा पाउने छन् । त्यस्तै खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको टेलिकमले जानकारी दिएको छ ।

तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ ।
उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL