Logo

कार्यभार सम्हालेको १ महिना नपुग्दै महानगर प्रमुख शाक्यको प्रशांसा देखि आलोचना, यस्ता छन् कारण

कार्यभार सम्हालेको १ महिना नपुग्दै महानगर प्रमुख शाक्यको प्रशांसा देखि आलोचना, यस्ता छन् कारण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पदबहाली गरेसँगै १ सय दिनमा १ सय ओटा नयाँ काम गर्ने घोषणा गरेका थिए । गत १७ गते पदभार ग्रहण गरेका उनले ‘क्लिन द सिटी’ देखि नेपाल भाषालाई कामकाजीको भाषा बनाउनेसम्मका घोषणा गरेका हुन् ।
पदभार पदभारग्रहण गरको १ महिना पनि नपुग्दै प्रतिवद्धता अनुसारका करिब आधा दर्जन काम गरिसकेको उनको दाबी छ । त्यसमध्ये कतिपय निर्णयमा प्रशंसा पाए भने कुनै निणर्यको चर्को आलोचना भएको छ ।

प्रतिबद्धता अनुसार महानगरपालिकाले नक्सा पास दस्तुर मिनाहाको व्यवस्था लागु गरेको छ । जसअनुसार उनले नेपाल भाषालाई कामकाजीको भाषा बनाएका छन् । काठमाडौंमा विशेषगरी नेवारी भाषा बोल्ने बढी भएकोले भाषाकै कारण कुनै पनि काममा अबरोध नपुगोस भन्ने उद्देश्यसहित यो व्यवस्था लागु गरेको उनले बताए ।

त्यस्तै महानगर प्रमुखले बरिष्ठ जेष्ठ नागरिकलाई सम्मान स्वरुप १२ हजार रुपैयाँ भत्ता दिने प्रक्रिया शुरु गरेको छ । त्यसका लागि रकम तत्काल वितरण गर्न आवश्यक व्यवस्था मिलाउन महानगरपालिका,नगरपालिकाका कार्यलयलाई निर्देशन समेत दिइसकेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य परिक्षण गर्ने भएको छ । त्यसका लागि विज्ञहरुको समुह तयार गर्न थालेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

सडकमा देखिएका खाल्डा खाल्डी पुर्न थालेको छ । त्यस्तै सडक बढार्दा माटो, बालुवा तथा गिटी पनि उठाउन थालेको उनले जानकारी दिए । महानगरपालिकाले उपत्यकामा सूर्योदय अघि सहरका फोहोर उठाउने अभ्यास समेत शुरु गरिसकेको छ । ‘महानगरका कर्मचारीले सूर्योदय अघिनै फोहोर उठाउन शुरु गरेका छन्’ उनले भने, ‘हामीले निजी क्षेत्रका कर्मचारीलाई पनि आग्रह गरेका छौं।’

त्यसो सूचना प्रविधिको प्रयोग मेयरको प्राथमिकतामा परेका विषय हुन् । सोही अनुसार पर्यटक ता युवालाई लक्षित गरेर निःशुल्क वाइफाईको व्यवस्था गर्न लागेको छ । महानगरपालिकाले महानगरभित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरु स्वयम्भु,पशुपति,बौद्ध,बसन्तपुरलगायत स्थनमा द्रुत गतिको वाइफाई राख्न प्रक्रिया शुरु गरिसकेको स्वकीय सचिव नमराज ढकालले जानकारी दिए ।

त्यस्तै मेयरको पहिलो प्राथमिकतामा सम्पदा पूननिर्माण भएकोले त्यसबारे छलफल शुरु गरिएको छ । सम्पदाको पूनर्निमाणमा सरकार तथा अन्तरराष्ट्रिय निकायको समेत चासो हुने भएकोले अन्यको तुलनामा निर्माणमा अलि जटिल हुने भएकोले समय लागेको बताए ।

यी कामहरुबाट काठमाडौं महानगर प्रमुख शाकयले प्रशंशा पाएपनि पछिल्लो समय गरेको स्थानीय जनप्रतिनिधिलाई मोबाइल दिने निर्णयको भने चर्को विरोध भएको छ ।

उनले काठमाडौं महानगरपालिकाका स्थानीय निकायका जनप्रतिनिधिलाई रु ३० हजारको मोबाइल  बाँड्ने निर्णय गरेका थिए । तर चौतर्फी विरोध पछि सो निर्णय  कार्यन्वयन नगर्ने निर्णय महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL