Logo

निर्माण नसकिदै बुकिङ खुल्ला, कहिले आउला विमानस्थलको मल्टीस्टोरी पार्किङ सञ्चालनमा ?

निर्माण नसकिदै बुकिङ खुल्ला, कहिले आउला विमानस्थलको मल्टीस्टोरी पार्किङ सञ्चालनमा ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गत साउनदेखि नै सञ्चालनमा आउने भनिएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माणाधिन मल्टि बिजनेश पार्किङ (मल्टीस्टोरी पार्किङ)को हालसम्म निर्माण नै सम्पन्न भएको छैन । करिब ९ महिना अघि नै सञ्चालनमा आउने भनिएपनि पार्किङको निर्माण हालसम्म नसकिएको हो । मल्टीस्टोरी पार्किङको भबन निर्माण भएपनि टिआइएको ‘अराइभल’बाट पार्किङसम्म आउने ‘लिंक’(बाटो) नबनेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

यता निर्माता कम्पनी रसुवा केडी भेन्चरले भने एराइभलबाट पार्किङसम्म जाने बाटो नबन्दै बुकिङ खुल्ला गरेको छ । मल्टिस्टोरी पार्किङको बुकिङ खुल्ला गरेपनि एराइभलबाट त्यहासम्म जाने बाटो नवनेसम्म सञ्चालनको स्वीकृति नदिने प्रवक्ता ठाकुरले बताए । ‘हाम्रा यात्रुहरुलाई सुविधा हुनेगरी बाटो नबनाएसम्म कुनै पार्किङ सञ्चालनको अनुमती दिने छैनौ’ उनले भने ।

पार्किङ विमानस्थल छिर्ने गोल्डेन गेटको साइडको खाली ठाँउमा निर्माण गरिएको छ । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागेको बताइएको छ । पार्किङमा विमानस्थलको अराइभलबाट सिधै जान मिल्छ । जसले गर्दा विमानस्थलको अगाडी हुने भिडभाड कम गर्नुका साथै व्यवस्थित गर्न सकिन्छ ।

प्रवक्ता ठाकुरका अनुसार अराइभलवाट यात्रु सिधै लिफ्टमार्फत कार पार्किङमा जान सक्नेछन् । मल्टिस्टोरे पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने उनले जानकारी दिए ।

टिआइएले रसुवा केडी भेन्चरलाई सो पार्किङ बनाउने जिम्मा दिएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सो कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुसार ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ ।
तर कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र राजस्व भने विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ ।

मल्टिस्टोरी पार्किङ दुई तलाको हुने छ । त्यस्तै पार्किङको वरिपरी रेष्टुरेन्ट, पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने बताइएको छ । पसलमा नेपाली संस्कृति तथा परम्परा झल्कने सामग्रीहरु समेत उपलब्ध गराइने छ । सो मल्टिस्टोरेमा सञ्चालन गरिने रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने महाप्रवन्धक उपाध्यायको दावी छ । त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ । विदेशबाट आएकाहरुलाई किनमेलका लागि अन्त धाउन नपरोस भन्ने उद्देश्यका साथ सपिङ सेन्टर सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL