Logo

कोलकातामा बन्दैछ पानीमुनि रेल कुदने परियोजना

कोलकातामा बन्दैछ पानीमुनि रेल कुदने परियोजना


बिजखबर संवाददाता
27
Shares

कोलकातामा अब छिटै पानीमुनिबाट कुद्ने ‘अण्डरवाटर मेट्रो’ सञ्चालनमा आउँदैछ जुन् जमिनको सतहभन्दा केहि फिट तल निर्माण गरिएको सुरुङ मार्ग हुँदै जानेछ । भारतकै पहिलो किसिमको यो परियोजना निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।

कोलकाताको प्रसिद्ध हावडा पुलभन्दा केहि पर रहेको यो सुरुङ नदिको सतहभन्दा ३० मिटर तल निर्माण हुँदैछ । भारतमा अहिलेसम्म पानीमुनि सडक पनि नरहेको अवस्थामा निर्माण हुन लागेको यो परियोजनामा प्रत्येक अढाई मिनेटमा रेल आसापास हुनेछन् । ‘यसले हावडा र सेल्दाह टर्मिनललाई जोड्ने जहाँ प्रत्येक दिन १२ लाख यात्रीको पाइला रहन्छ’ कोलकाता मेट्रारेल निगमका प्रबन्ध निर्देशक सतिस कुमारले भने ।

यो परियोजना निर्माणका लागि १० लाख टनभन्दा बढी माटो खनिएको छ । यहाँको सुरुङमा प्रयोग गरिएको बोरिङ प्रविधि पूर्वी भारतमै पहिलो प्रयोग पनि हो । पहिलो सुरुङ अन्तर्गतको १६.६ किलोमिटर आधार तयार भइसकेको छ । दोस्रो सुरुङ जुन् १०.८ किलोमिटरको हुनेछ त्यो पुरा हुन बाँकी छ । यहिं दोस्रो सुरुङ अन्तर्गतको करिब एक किलोमिटर सुरुङ पानीमुनि रहनेछ ।

एजेन्सीको सहयोगमा

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL