Logo

‘क्लिन द सिटी’ पछि महानगरको यस्तो छ योजना, ४१ ओटा‘युरिनल’ बनाउँदै

‘क्लिन द सिटी’ पछि महानगरको यस्तो छ योजना, ४१ ओटा‘युरिनल’ बनाउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ‘क्लिन द सिटी’ योजना पछि काठमाडौैं महानगर पालिकाका मेयर विद्यासुनदर शाक्यले व्यवस्थित शौचालय निर्माणको तयारी थालेका छन् । महानगर भित्र रहेका सार्बजनिक शौचालय अव्यवस्थित तथा फोहोर भएको भन्दै व्यवस्थित र सफा शौचालय निर्माणको तयारी थालेका हुन् ।

महानगरले काठमाडौं महानगरका विभिन्न स्थानमा युरिनल (पिसाव गने ठाँउ) निर्माण गर्ने भएको छ । महानगरले उपत्यकाका ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो । सडक यात्रुहरुलाई लक्षित गर्दै चोकचोकमा युरिनल बनाउन लागेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । यसका लागि महानगरपालिकाले हालै टेन्डर आवह्वान गरेको थियो ।

सो निर्माणका लागि २ ओटा कम्पनीले आबेदन दिएका छन् । साथै सो आवेदन मूल्यांकनको क्रममा रहेको उनले बताए । ‘रिङरोड भित्र ३ सय मिटरको दुरीमा युरिनल राख्ने योजना छ,’ उनले भने ।

कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुमध्येबाट अनुभव, कार्यदक्षतालगायतबारे मूल्यांकन गरी उत्कृष्टलाई सो कामको जिम्मेवारी दिइने छ । यसैबीच महानगरपालिकाले उपत्यकाभित्र सार्बजनिक शौचालय निर्माणार्थ १ सय स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । सफा तथा व्यवस्थित शौचालय निर्माण गर्ने मेयर विद्यासुन्दर शाक्यको योजना अनुरुप सो कार्य शुरु गरिएको हो ।

महानगरपालिकाले हालै उपत्यकामा रहेका घुम्ती शौचालय हटाएको छ । घुम्ती शौचालय अव्यवस्थित र फोहोर भएको भन्दै हटाएको हो । ती शौचालयको विकल्पमा महानगरले १ सय भन्दा बढी सार्बजनिक शौचालय निर्माणको तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL