Logo

निगमले शुरु गर्यो जहाज कम्पनीको मूल्याङ्कन, टासी र टुवेल्भमध्ये कुन छानिएला ?

निगमले शुरु गर्यो जहाज कम्पनीको मूल्याङ्कन, टासी र टुवेल्भमध्ये कुन छानिएला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाज भाडामा दिनमा लागि आबेदन परेका कम्पनीहरुको मूल्याङ्कन शुरु गरेको छ । निगमलाई जहाज भाडामा दिन इच्छुक दुई कम्पनीको मूल्यांकन शुरु गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । ‘तेस्रो पटक सूचना निकाल्दा अन्तिममा दुई ओटा कम्पनीले जहाज भाडामा दिन इच्छा देखाएका छन्,’ उनले भने, ‘जहाज भाडामा दिन युक्रेनको टुवेल्भ स्टार एभिएसन र भुटानको टासी एयरले आवेदन पेस गरेकाले उनीहरुको मूल्याङ्कन शुरु गरेको हौं ।’

तेस्रो पटक गरिएको आवेदनको म्याद गत बिहिबार सकिएको हो । निगमले दुई पटकसम्म जहाज भाडामा लिनका लागि सूचना निकाल्दा कुनै कम्पनीको पनि आबेदन नपरेपछि जेठ १८ गते तेस्रोपटक सुचना निकालेको थियो ।

निगमले खोजे अनुसारको जहाज जसले कम मूल्य र गुणस्तरिय उपलब्ध गराउछ त्यही कम्पनीको जहाज भाडामा लिइने श्रेष्ठले जानकारी दिए । तर भाडामा लिने जहाज १५ वर्षभन्दा पुरानो भने हुन नहुने उनले जानकारी दिए । हाल आवेदन दिएका टासी एयर प्राली भुटानको निजी बिमान कम्पनी हो । यसले कोलकत्ता, दिल्ली, बैंककलगायतका स्थानमा उडान भर्दै आएको छ ।

निगमले शुरुमा एयरबसको ‘३२०’ सिरिज खोजको थियो । तर आबेदनका लागि दुई पटक सूचना निकाल्दा पनि नआएपछि ३१९, ३२० वा ३२१ जुनसुकै भए पनि हुने भन्दै तेस्रो पटक आबेदन माग गरेको हो ।

अब यी दुई कम्पनी मध्येबाट उचित कम्पनी छनौट गरी निगमले भाडामा जहाज भित्र्याउने छ ।

किन चाहियो भाडामा जहाज ?

निगमको हाल सञ्चालनमा रहेको बोइङ मर्मत गर्नुपर्ने भएकोले जहाज भाडामा लिन लागेको हो । भाडामा लिएको जहाज क्वालालाम्पुर, दोहा, दिल्ली, बैंगलोर जस्ता गन्तव्यमा उडाउने निगमको योजना छ ।

निगमसँग हाल दुईवटा बोइङ भएकोमा बि ७५७–२०० पुरानो भएर लिलामीमा राखिएको छ । बि ७५७–२०० एम मर्मतको लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा जान लागेको छ । बोइङ मर्मतमा लगेसँगै निगमको उडान नै प्रभावित हुने भन्दै निगमले भाडामा जहाज लिएर उडान नियमित गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL