Logo

विमानस्थलको ‘रनवे’मा किन लेखिन्छ दुई अङ्क ?

विमानस्थलको ‘रनवे’मा किन लेखिन्छ दुई अङ्क ?


बिजखबर संवाददाता
54
Shares

जहाज चढ्दा विमानस्थलको रनवे(धावनमार्ग) ख्याल गर्नुभएको छ भने तपाइले दुई अङ्क लेखिएको देख्न सक्नुहुन्छ । जस्तै २६, २७ अथवा यस्तै यस्तै । सवारी गुड्ने सडकमा त यस्तो लेखिएको पाइदैंन । तर विमानस्थलमा चाहिं किन लेखिन्छ ?

यसरी लेखिने अङ्कले पाइलटलाई रनवेको कुन भागबाट ‘टेक अफ’ गर्ने र कुन भागबाट ‘ल्याण्ड’ गराउन भन्ने जानकारी दिन्छन् । यी अङ्क कम्पासले देखाउन दिशासँग मेल खान्छन् । यसरी लेखिने अङ्कहरु एक देखि ३६ भित्र हुन्छन् । रनवेमा रहेका दुई ओटा फरक अङ्कबीचको अन्तर १८ हुन्छ । पहिलो अङ्क कम्पासमा रहेको वास्तविक अङ्कसँग मिल्छ । र अर्को अङ्क कम्पासको ठीक विपरित रहेको अङ्कसँग मिल्छ । यी दुई अङ्कले १८० डिग्री भित्रको दिशा देखाउँछन् ।

ठूला एयरपोर्टमा जहाँ समान किसिमका रनवे हुन्छन् त्यहाँका रनवेमा प्रयोग गरिने अङ्क समान हुने भएपनि त्यसको पछाडी एल, सी र आर लेखेर छुट्याउने गरिन्छ । जस्तै २६सी, २६एल ।

कहिलेकाहीं विमानस्थलमा प्रयोग गरिएका यस्ता अङ्क परिवर्तन पनि गर्नुपर्ने हुन्छ । पृथ्वीको चुम्बकीय सतह परिवर्तन हुँदा यसले कम्पासको बुझाईमा पनि परिवर्तन ल्याउने भएकोले अङ्क फेर्नु पर्ने हुन सक्छ । हरेक पाँच बर्षमा यस्तो अङ्क परिवर्तन गर्नुपर्ने छ वा छैन अध्ययन हुने गर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL