Logo

१० महिनामा जम्मा ३२ प्रतिशत पूँजीगत खर्च, २ महिनामा ५२ प्रतिशत ?

१० महिनामा जम्मा ३२ प्रतिशत पूँजीगत खर्च, २ महिनामा ५२ प्रतिशत ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको १० महिनामा पूँजीगत खर्च जम्मा ३२ प्रतिशत गरेको छ । अर्थ मन्त्रालयले अघिल्ला बर्षको तुलनामा पूँजीगत खर्च बढेको दाबी गरेपनि १० महिनामा लक्ष्य अनुरुप खर्च हुन सकेको छैन ।

चालू आबको १० महिनामा कुल ३२ प्रतिशत पूँजीगत खर्च गरेको सरकारले अबको २ महिनामा कुल खर्च ८४ प्रतिशत पुर्याउने दाबी गरेको छ । अहिले न्युन खर्च भएपनि २ महिना भित्रमा थप ५२ प्रतिशत रकम खर्च गरिने अर्थ सचिव डा. शान्तराज सुवेदीले बताए । ‘हामीले खर्च भुक्तानीको आधारमा अहिलेसम्म ३२ प्रतिशत रकम खर्च गरेका छौं,’ उनले भने, ‘अघिल्ला बर्षको तथ्याङ्क हेर्ने हो भने यो रकम बढी हो ।’

सुवेदीका अनुसार अघि बर्षको नजिर हेर्ने हो भने पनि पछिल्लो २ महिनामा बढी पूँजीगत खर्च भएको देखिन्छ । तर, यस पटक काम भइसकेको आयोजनामा भुक्तानी गर्न बाँकी भएको र केही आयोजनाको काम द्वुत गतिमा अघि बढेकाले पूँजीगत खर्च बढी हुने दाबी छ ।

तर, पुनर्निर्माण प्राधिकरणले विनियोजित बजेट खर्च गर्न नसक्दा पूँजीगत खर्च नबढेको उनको भनाइ थियो । ‘पूँजीगत खर्च अन्तरगत छुट्याइएको बजेटको ठूलो हिस्सा पुनर्निर्माण प्राधिकरण अन्तरगत गएको छ,’ उनले भने, ‘प्राधिकरणले खर्च नगरेपछि कसरी पूँजीगत खर्च बढ्छ ?’

अर्थ स्रोतको अनुसार चैत पछि ठूलो मात्रामा बजेट रकमान्तर गरिएको र सो रकम खर्च भएसँगै पूँजीगत खर्च बढ्ने दाबी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL