Logo

भोजपुरमा १५ मेगावाटको जलविद्युत बन्दै, सवा २ अर्ब लगानी हुने

भोजपुरमा १५ मेगावाटको जलविद्युत बन्दै, सवा २ अर्ब लगानी हुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भोजपुरमा शतप्रतिशत स्वदेशी लगानीमा नयाँ जलविद्युत आयोजना निर्माण हुने भएको छ । बराह मल्टी पावर प्रालीले जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।

व्यवसायी रुद्रप्रसाद दाहालले १५ दशमलव ५० मेगावाट क्षमताको जलविद्युत निर्माणका लागि उद्योग विभागमा बराह मल्टी पावर कम्पनी दर्ता गराएका हुन् ।

कम्पनीले २ अर्ब १५ करोड ४७ लाख रुपैयाँ लगानीमा जलविद्युत आयोजना बनाउन लागेको हो । स्थिर पूँजी २ अर्व १० करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको आयोजानमा ७० जनाले रोजगारी पाउने छन् ।

४२ उद्योग दर्ता

उद्योग विभागका अनुसार २०७४ को बैशाखमा मात्रै ४२ ओटा उद्योग दर्ता भएका छन् । यस्ता उद्योगहरुमा १२ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको हो ।

जसमध्ये सबैभन्दा बढी उत्पादनमुलक उद्योग दर्ता भएका छन् । यी उद्योगबाट ३ हजार ४१ जनाले रोजगारी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL