Sagoon

‘सन् २०५० सम्ममा मानिस रोजगारीका लागि योग्य हुनेछैन’

अहिले अस्तित्वमा रहेका अधिकांश पेशा केहि दशकमै विलय हुनेछन् । जति जति कृत्रिम बौद्धिकता(आर्टिफिसियल इण्टेलिजेन्स)को प्रयोग हुँदै जान्छ, यसले मान्छेले गर्ने धेरै भन्दा धेरै कामको प्रतिस्थापन गर्दै जानेछ । भर्चुअल डिजाइनर जस्ता नयाँ नयाँ पेशा सिर्जना हुने सङ्केत देखिएको छ । तर यस्ता पेशाका लागि बढी सिर्जनशिलता र लचकताको आवश्यकता पर्नेछ । एउटा ४० बर्षे बेरोजगार ट्याक्सी ड्राइभर र बीमा अभिकर्ताले भर्चुअल डिजाइन सिर्जना गर्न सक्ने विषय अझै पनि अस्पष्ट छ । मानौं एउटा पुरानो बीमा अभिकर्ताले आफूलाई भर्चुअल डिजाइनरका रुपमा परिवर्तन गर्यो भने प्रगतीको गति यस्तो हुनेछ कि उसले अर्को दशकमा फेरि आफूमा नयाँ आविष्कार गर्नुपर्नेछ ।

नयाँ पेशा सिर्जना गर्नु खास समस्या होइन । खास समस्या त त्यस्ता नयाँ पेशाको सिर्जना गर्नु हो जहाँ अल्गोरिदम भन्दा मानिसले राम्रोसँग प्रदर्शन गर्न सक्नेछन् । परिणाम स्वरुप सन् २०५० सम्ममा एउटा यस्तो नयाँ मानिसको वर्गको जन्म हुनेछ, जुन् काम नलाग्ने वर्ग हुनेछ । त्यस्ता मानिस जो बेरोजगारमात्र हैन रोजगारीका लागि योग्य पनि हुने छैनन् ।

त्यहिं प्रविधि जसले मान्छेलाई काम नलाग्ने बनाउँछ, त्यसैले रोजगारीका लागि अयोग्य मानिसलाई विश्वव्यापी आधारभुत आम्दानीका लागि सहयोग गर्नेछ । त्यसपछिको वास्तविक समस्या भनेको ठूलो समुहलाई एकत्रित गर्नु हो । मानिसहरु उद्देश्यपरक गतिविधिमा समाहित हुनुपर्नेछ अथवा तिनीहरुले केहि फरक गर्नैपर्नेछ । त्यसो भए काम नलाग्ने त्यो वर्गले दिनभर के गर्नेछ त ?


एउटा उत्तर हो कम्प्युटर गेम । आर्थिक उपार्जनमा काम नलाग्ने त्यस्तो समुहले थ्रीडी भर्चुअल रियालीटीको विश्वमा समय व्यतीत गर्नेछन् । यसले उनीहरुलाई बाहिरको वास्तविक विश्वभन्दा उत्साह र भावनात्मक रुपमा समाहित गरिरहनेछ । तर यो वास्तवमा धेरै पुरानो किसिमको समाधान हो । हजारौं बर्षदेखि अर्बौ मानिसले भर्चुअल रियालिटी गेमहरुको अर्थ पत्ता लगाइसकेका छन् । विगतमा हामीले यस्ता भर्चुअल रियालिटी गेमलाई ‘धर्म’को नाम दियौं ।

लाखौं मानिसहरुले खेलेको भर्चुअल रियालिटी गेम होइन भने धर्म के हो त ? इशाइ र इस्लाम जस्ता धर्मले केहि यस्ता काल्पनिक नियम बनाएका जस्तै ‘पोर्क(सुगुरको मासु) नखाउ’, ‘त्यहिं किसिमको प्रार्थना हरेक दिन दोहोर्याउ’, ‘आफ्नै लिङ्गको मानिससँग यौन सम्पर्क नगर’ र यस्तै । यस्ता नियमहरु वास्तवमा मानिसका कल्पनामा मात्र अस्तित्वमा रहन्छन् । यस्ता जादुुगरी सुत्रका लागि कुनै प्राकृतिक नियम आवश्यक पर्दैन र कुनै प्राकृतिक नियमले समान लिङ्गबीचको यौन र पोर्क खानबाट नै वञ्चित गर्छ । इसाइ र इस्लाम आफ्नो जीवनकालमा यस्तै आफ्ना रुचिका भर्चुअल रियालिटी गेमबाट अङ्क बटुलिरहेका छन् । यदि तिमीले हरेक दिन प्रार्थना गर्छौ भने तिमीले अङ्क पाउनेछौं । यदि प्रार्थना गर्न बिर्सियौं भने त्यो अङ्क गुम्नेछ । यदि जीवनको अन्त्यसम्म् तिमीले यस्तै धेरै अङ्क प्राप्त ग¥यौ भने तिम्रो मृत्युपछि तिमी गेमको अर्को तह(अर्थात स्वर्ग)मा पुग्नेछौं ।

हामीलाई जसरी धर्मले भर्चुअल रियालिटीलाई एउटा छुट्टै फरक स्थान देखाएको छ, यसलाई भौतिक वास्तविकतामा जबर्जस्त लगाउन सकिन्छ । विगतमा यसलाई मानिसको कल्पनाशीलता र धार्मिक पुस्तकमार्फत गरिन्थ्यो भने २१ औं शताब्दिमा यसलाई स्मार्टफोनमार्फत गरिएको छ ।

म कहिलेकाहिं मेरो ६ बर्षे भतिज मटानसँग पोेकेमनको शिकारका लागि निस्कन्छु । हामी जतिबेला गल्लीमा हिंडिरहेका हुन्छौं, मटान आफ्नो स्मार्टफोन हेरिरहन्छ, जसले उसलाई आसपासको पोकेमन पत्ता लगाउन सहयोग गर्छ । तर म कुनै पोकेमन देख्दिन किनकी म स्मार्टफोन बोक्दिन । त्यसपछि हामी अरु दुई बच्चालाई सडकममा देख्छौं जसले त्यहिं पोकेमन खोजिरहेको छ र हामी करिब तिनीहरुसँग विवादमा पर्छौं । यसले मलाई इसाइ र इस्लामबीच धार्मिक स्थान जेरुसलमका लागि भएको विवाद सम्झाउँछ । यद हामीले जेरुसलमको बस्तुगत वास्तविकता हेर्ने हो भने केवल ढुङ्गा र भवनमात्र देखिन्छ । त्यहाँ कुनै धार्मिकता देखिदैंन । यदि यसैलाई स्मार्टबुक(जस्तै बाइबल र कुरान)बाट हेर्ने हो भने तपाइ जहातहिं धार्मिक ठाउँ मात्र देख्नुहुन्छ ।

भर्चुअल रियालिटि गेमबाट जीवनको अर्थ खोज्ने तरिका धर्मसँगमात्र जोडिएको छैन, यो त धार्मिक मान्यता भन्दा फरक सिद्धान्त र जीवनशैलीसँग पनि जाडिएको छ । उपभोक्तावाद पनि आफैमा एउटा भर्चुअल रियालिटी गेम हो । तपाइ नयाँ कार खरिद गरेर अङ्क बटुल्नुहुन्छ, अत्यधिक महङ्गो ब्राण्ड खरिद गरेर अथवा विदेशमा घुम्न गएर । यदि तपाइसँग धेरै अरुभन्दा धेरै अङ्क छ भने तपाइले आफैलाई जितेको भन्नुहुनेछ ।

तपाइ सोच्नुहुनेछ कि कार र विदा मनाउने त्यस्ता व्यक्ति वास्तवमै रमाइरहेका छन् । यो सत्य पनि हो । तर धार्मिक व्यक्तिहरु प्रार्थना र पुजाआजामै रमाउँछन् जसरी मेरो भतिज पोकेमनको शिकार गर्न रमाउँछ । अन्त्यमा जहिले पनि त्यो क्रियाकलापले मस्तिष्कमा गहिरो छाप पार्नेछ । के यसले अर्थ राख्छ कि हाम्रा नसाहरु कम्प्युटरको स्क्रिनमा पिक्सेल हेरेर उत्तेजित हुन्छन्, कि झ्याल बाहिरको क्यारेबियान रिसोर्ट हेरेर अथवा हाम्रो मस्तिष्कको आँखाको स्वर्ग हेरेर ? यी सबै परिस्थितीमा हामी जे हेछौं त्यो हाम्रो मस्तिष्कबाट निर्देशित हुन्छ । यो वास्तवमै ‘त्यहाँ भएको’ चिज हुनेछैन । हाम्रो वैज्ञानिक ज्ञानका अनुसार मानव जीवनको कुनै अर्थ छैन । हामीले काल्पनीक रुपमा तयार गरेका कथा नै हाम्रो जीवनको अर्थ हो ।

(युभाल नोह हरारीले दी गार्जियनमा प्रकाशन गरेको लेखको सम्पादित अंश)


फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com